दमक , ४ जेठ । यहाँस्थित साहित्य कला सङ्गमले यसवर्ष पनि आज ‘तुलसा देवी न्यौपाने स्मृति पुरस्कार’ बितरणसहित सिर्जनशिल रचना वाचनको ३९ ओै श्रृङखला सम्पन्न भएको छ ।दमक -२ स्थित हिमालय माध्यमिक बिद्यालयको सभाहलमा एक कार्यक्रम गरि हिमावि र दमक ७ स्थित पृथ्वी माध्यमिक बिद्यालयका १० ÷१० जना गरि २० जना गरिव तथा जेहेन्दार बिद्यार्थीलाई जनही रु ३ हजारका दरले छात्रवृति वापतको पुरस्कार बितरण गरिएको हो ।
कार्यक्रममा सुर्यदर्शन साकोसले व्याग र शैक्षिक सामाग्री बितरण गरेको थियो । सोहि कार्यक्रममा हिमालय माध्यमिक बिद्यालयका शिक्षक टिकाराम भट्टराईलाई उत्कृष्ट शिक्षकको रुपमा सम्मान गरिएको थियो । सम्मान वापत शिक्षकलाई रु ५हजार नगदसहित प्रमाण पत्र ,दोसल्ला टीका र माला प्रदान गरिएको थियो । हिमाविका प्रधानाध्यापक दोर्ण श्रेष्ठको प्रमुख आतिथ्यतामा र सुर्य दर्शन साकोशका सञ्चालक राजकुमार खड्काको बिशिष्ठ आतिथ्यतामा भएको उक्त कार्यक्रममा तुलसादेवी स्मृति पुरस्कारका संस्थापकहरु छविराम न्यौपाने ,डा. लेखनाथ न्यापाने ,गणेश न्यौपाने ,प्रदिप न्यौपाने लगायतको उपस्थिति रहेको थियो ।
उक्त कार्यक्रममा साहित्यकारहरुले आफ्ना नव सिर्जनाहरु प्रस्तुत गरेका थिए । रचना वाचन गर्ने साहित्यकारहरुमा साहित्य कलाका उपाध्यक्षहरु ,यादवप्रसाद अधिकारी ,दुर्गा खनाल काफ्ले ,कोषाध्यक्ष ओमप्रसाद खनाल र साहित्यकारहरु साहित्य कला सङ्गमका पूर्व अध्यक्ष नरपति पाण्डे, सदस्यहरु ओमप्रकाश गौतम, बिरेन्द्र खड्का , किराँती राजा,भुमि बाँस्कोटा, मेघनाथ बन्धु, गोपाल दाहाल,खेमलाल पोखरेल, डिल्ली निरौला , भगवती दवाडी,नेत्र पराजुली,दुर्गा चम्लागाई, बिवेक दुलाल, अर्जुन निरौला ,अम्विका सापकोटा, लगायतले वाचन गरेका थिए ।
साहित्य कला सङ्गमका अध्यक्ष बिष्णु न्यौपानेको अध्यक्षतामा भएको उक्त कार्यक्रमको सञ्चालन सङ्गमका कोषाध्यक्ष ओमप्रसाद खनालले गरेका थिए । सङ्गमले हरेक महिनाको पहिलो शुक्रवार सिर्जनशिल रचना वाचन कार्यक्रम सञ्चालन गर्दै आएकोमा यो महिना पुरस्कार बितरण र रचना वाचन एकै साथ गरेको हो ।