कविता: बस्नु घरमा


ओम खनाल
कतै जाने छैनन् ,दिनभरयतै बस्नु कसरी
बसी राख्दा राख्दै,कटकटभयो जीउ यसरी
लगाएरै माक्सै ,वरपर सबै छोप्नु मुखमा
नहूदैमा कामै ,गुपचुपभई बस्नु घरमा ।
बसी राखौ भित्रै ,लेखपढगरी काव्य रचना
गरी राखौ साध्यै,नियमगतिले नव्य सृजना
पढी राखौ आजै,नवयुवकका मिठा रचना
गुनीराखौ मन्मा, हृदयपटलैमा ति सृजना ।
हिजो लेखे मैले ,अतिरस मिठो नव्य कविता
लगाएको मैले ,झटपटगरी फेसबुकमा
पढेका छन् जस्ले ,अतिमनदिई शान्त मनले
मनैमा राखेछन् ,अतिखुसभई भक्त
जनले।
दिए छिट्टै जस्ले ,छिनछिनमानै लाइकहरु
सजाएरै राखे ,सबजनका ती भावनाहरु
सयौ साथी छन् है,अलिअलिगरी गन्न सकिने
मिठो दिन्छन् बोली, सबसित मिली राख्न सकिने ।
बधाई छन् धेरै, जतिपनि सबै हेर्नु कसरी
दिए मैले फेरि, सबजन ल है धन्य छु भनी
हुदा धेरै साथी ,भेटपनिहुने उत्साह बनी
अझै धेरै लेख्ने ,बनिपनिरहोस् हिम्मत सरी ।
दमक -८ झापा ( मिति :२०७८-२-३ गते )

Leave a Reply

Your email address will not be published.