दमक ,२ जेठ । सामाजिक कार्यमा सक्रिय संस्था साथीभाई समूह दमकले ट्राफिक सवारी नियम सम्बन्धी सचेतना दिने उद्देश्यले अभियान सञ्चालन गरेको छ । सवारी दुर्घटना न्यूनीकरण गराउन सहयोग पुरयाँउने उद्देश्यले आज विहान दमकको बसपार्कमा एक कार्यक्रम गरि अभियान शुरु गरिएको कोषाध्यक्ष चन्द्र खत्रीले बताए ।
समूहका अध्यक्ष दिपेन्द्र तिवारीको अध्यक्षता तथा दमक -६ का वडाअध्यक्ष टेकबहादुर थापाको प्रमुख आतिथ्यतामा आयोजित संक्षिप्त कार्यक्रममा वक्ताहरुले पछिल्लो समय निर्माणाधीन एशियन हाईवेसंगै सडकमा ट्राफिक सवारी नियम पालना नगरिदाँ सडक दुर्घटना बढेको भन्दै सवैले ट्राफिक सवारी नियम पालना गर्नु पर्ने औलाएका थिए ।
वडाअध्यक्ष थापाले दमकसहितका क्षेत्रमा पछिल्ला समय सडक दुर्घटना ह्वात्तै बढ्नु अधिकांस मानवीय लार्पावाहीकै कारण भएको बताए । यस किसिमको सचेतना अभियानले दुर्घटना न्यूनीकरणमा सघाँउ पुरयाँउने उनको भनाई छ ।
ट्राफिक प्रहरी कार्यालय दमकका प्रहरी नायव निरीक्षक जनक तिम्सीनाले नेपालमा प्रत्येक दिन सरदर ९ जना मानिसको सवारी दुर्घटनाबाट ज्यान जादै गएको तथ्यांक सुनाए । सडक दुर्घटना बढ्नु अधिकांस सवारी नियम पालना नगर्दा दुर्घटना हुदैआएको उनले बताए । सवारी नियम ट्राफिक प्रहरीको भन्ने गलत बुझाईले पनि सडक दुर्घटना हुने गरेको उनले औल्याए ।
उनले भने, –‘सडक दुर्घटनाको यो अवस्था आउन नदिन हामी सवैले सचेतका साथ आफना सवारी साधन सञ्चालन गरे दुर्घटना न्यूनीकरण हुदै जाने छ । ’ उनले सडकको सुरक्षा गर्दे सवारी नियम पालना गराउन यस किसिमको सचेतना अभियान सञ्चालन गर्न आवश्यक भएको जोड दिए ।
अभियान शुभारम्भ औपचारिक कार्यक्रममा दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाई लगायतले दमकलाई सुन्दर ,राम्रो बनाउन सवैको ध्येय बनेमात्र लक्ष्यले सार्थकता पाउने उल्लेख गरे ।
सोहि अवसरमा समूहले ट्राफिक सवारी नियम सचेतना सम्बन्धी तयार पारेको प्रचारजन्य स्टिकर समेत सवारी साधनमा टाँसेर अभियानको शुभारम्भ गरिएको थियो ।
सो कार्यक्रमको सञ्चालन समूहका सदस्य कमल कटुवालले सञ्चालन गरेका थिए भने समूहका संस्थापक अध्यक्ष गंगा सिटौला लगायत विभिन्न सामाजिक संघसंस्था, यातायात व्यवसायी,मजदुरहरुको उपस्थिति रहेको थियो ।