फाल्गुनन्द आमा समूहले दियो माङहिमलाई गजुर

दमक,२ जेठ । झापाको कमल गाउँपालिका -७ मेमेङ टोलस्थित निर्माणाधीन किरात युमा माङहिमलाई स्थानीय फाल्गुनन्द आमा समूहले ३२ हजार मूल्य बराबरको गजुर दिएका छन् ।

फाल्गुनन्द आमा समूहका दिदीवहिनीहरुले बचत गरेको रकमबाट माङहिमलाई एक थान गजुर उपलव्ध गराएका हुन् । माङहिममा एक कार्यक्रम गरि समितिलाई गजुर हस्तान्तरण गरिएको समूहकी सदस्य गौरी लिम्बूले बताईन् । समूहमा ३२ जना आमा दिदीवहिनीहरु आवद्ध छन् । समूहकी सदस्य नन्दा लिम्बूका अनुसार समूहले बचत तथा ऋणको कारोवार गर्नुका साथैं महिला अधिकार सम्बन्धी सचेतना कार्यक्रमहरु गरिआएको छ ।

२०७५ सालदेखि स्थानीयको सक्रियताा त्यहाँ किरात धर्म,संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले माङहिम निर्माणाधीन अवस्थामा छ । माङहिम बनाउन स्थानीय गणेशबहादुर लिम्बूले २ कठ्ठा र बुधमाया मावोले १० धुर जमीन निशुल्क दान दिएका थिए ।
सोहि जमीनमा स्थानीयसहित गाउँपालिकाको सहयोगमा माङहिम, यज्ञकुण्ड र घेराबेरा निर्माण भईसकेको समितिका उपाध्यक्ष समेत रहेका माङहिम निर्माण उपभोक्ता समितिका संयोजक पूर्णकुमार मावोले बताए । यज्ञकुण्ड र माङहिममा दुई वटा गजुर राख्ने योजना अनुसार आमा समूह र स्थानीयहरुको सहयोगबाट गजुर खरिद गरिएको उनले बताए ।

Leave a Reply

Your email address will not be published.