सुनसरीको इटहरीमा अक्सिजन उत्पादन हुदै

पारस सुवेदी, इटहरी २८ बैशाख, अहिले कोरोना महामारीको बढ्दो संक्रमणका कारण अक्सिजन अपरिहार्य बन्दै गएको छ । सरकार अक्सिजन उत्पादको अवस्था बुझ उत्पादक कहाँ नै पुगिरहेको छ । प्रदेश एकमा अहिले अक्सिजन उत्पादन गर्ने उद्योगीहरु आधा दर्जनको हाराहारीमा रहेका छन् । ती मध्येका दुई वटा उद्योग सुनसरीको इटहरी उपमहानगरपालिकामा नै रहेका छन् । इटहरी उपमहानगरपालिकाकी उपप्रमुख लक्ष्मी गौतम र इटहरी अस्पतालका इमर्जेसी शाखा प्रमुख रामकुमार धमलाले ती दुबै उद्योगको स्थालगत अनुगमन गर्नुभएको छ । अनुगमनका क्रममा उत्पादकले आफूहरु इटहरीबासीका लागि जुनसुकै समय र पस्थितिमा पनि अक्सिजना आपूर्तीका लागि तत्पर रहेका बताएका छन् । इटहरीमा रहेका दुर्गा अक्सिजन उद्योग र पाथिभरा उद्योग प्रा.लीका सञ्चालकहरुले पनि आफूहरु २४ घण्टा आवश्यक अक्सिजन आपूर्तिका लागि तयार रहेको बताएका छन् । अक्सिजनको अभाव नभए पनि अक्सिजनको लागि आवश्यक सिलिन्डरको भने अभाव हुन सक्ने दुर्गा अक्सिजन उद्योगका सञ्चालक आशीष मित्तलले बताए । उनेले उपमहानगरलाई आवश्यक समन्वय गर्न पनि अनुरोध गरे ।

यता अनुगमनकै क्रममा इटहरी उपमहानगरपालिका वडा नम्बर १३ का वडाध्यक्ष शिवनारायण चौधरीले अहिले अक्सिजनको अभाव रहेको भन्दै सामाजिक सञ्जालमा अपुष्ट खबर आउने गरको बताए । उनले ती खबरहरु निराधार भएको र त्यसको पछि नलाग्न पनि इटहरीबासीलाई अनुरोध गरेका छन ।

हामीले देशभर अक्सिजन भण्डारण गर्न थालको खबर सुनेका छौँ । इटहरीमा पनि कुनै संक्रमण नदेखिएका र अक्सिजन नै आवश्यक नपर्ने केहिले भण्डारण गर्न थालेको भन्दै उपमहानगरकी उपप्रमुख लक्ष्मी गौतमले दुःख ब्यक्त गरि । यसले भविष्यमा सिलिन्डरको अभाव हुने र अक्सिजन आपूर्तीमा नै समस्या हुने उनको भनाइ छ ।

प्रदेश एकमा आधा दर्जन मात्रै यस्ता अक्सिजन उद्योग छन् । ती मध्येका दुई उद्योग इटहरी उपमहानगर भित्र हुनु सुखद् हो । तर, अनावश्यक रुपमा भविष्यका लागि भन्दै अक्सिजन भण्डारण गर्नले कोरोना संक्रमितहरुको लागि आवश्यक मात्रामा अक्सिजन आपूर्तीमा नै समस्या हुने देखिएको छ ।

Leave a Reply

Your email address will not be published.