गौरादह,२७ बैशाख । कोरोना संक्रमणवाट झापा, गौरादह नगरपालिकाका एक जना पूर्व जनप्रतिनिधिको मृत्यु भएको छ । ६८ बर्षिय पूर्व वडाध्यक्षको दमकको एड्भान्स अस्पतालमा उपचारका क्रममा आज बिहान मृत्यु भएको हो । उनलाई हिजो मात्र कोरोना संक्रमण पुष्टि भएको थियो ।
यसअघि पनि गौरादह ४ कै एक जना महिलाको मृत्यु भएको थियो । दोस्रो लहरको कोरोना शुरु भएयता गौरादहमा २ जनाको मृत्यु भएको छ । ती दुबै एउटै वडाका हुन् ।