बराहक्षेत्रका नगर प्रमुख संक्रमित बिरामीको घर घरमा

पारष सुवेदी, इटहरी २६ बैशाख । सुनसरी बराहक्षेत्र नगरपालिका प्रमुख निलम खनाल कोरोना संक्रमितलाई भेट्न घरघर पुगेका छन् । उनी सहित स्वास्थ्यकर्मी, मनोविमर्शकर्ताको टोली संक्रमितको घरमै पुगेर शिस्वास्थ्यलाभको कामना सहित फलफूल, पौष्टिक खाद्यन्य तथा औषधी वितरण गरेका छन ।

कोरोना संक्रमित व्यक्तिलाई नगरपालिकाले एक कार्यक्रम नै बनाएर हौसला प्रदान गर्न घर पुगेको प्रमुख खनाले बताए । यो समयमा संक्रमितलाई एक्लोपन महसुस हुन्छ र उनिहरुलाई मनोबिर्मश तथा हौसलाका खाँचो रहेको प्रमुख खनालको भनाई रहेको छ । संक्रमितले एक्लै बस्नु पर्दा आत्मबल कमजोर हुने र यसले सामान्य अवस्थामा रहेका संक्रमित पनि जटिल अवस्थामा पुग्ने गरेको पाइएकोले अहिले संक्रमितको घरघरमा पुग्ने गरिएको प्रमुख खनालले जानकारी दिए । प्रमुख खनालले कुनै पनि संक्रमितलाई थप समस्या भए तत्काल नगरपालिकाका स्वास्थ्यकर्मीलाई सिधा सम्पर्क राख्न समेत आग्रह गरेका छन् ।

आफुँले चुनेको जनप्रतिनिधि समस्यामा परेका बेला घरमै फलफूल तथा औषधी बोकेर आएपछि कोरोना संक्रमित खुसी भएका छन् । उनीहरूले स्थानीय सरकारले जनताको भावना अनुसार काम गरेको भन्दै मेयर खनालको टोलीलाई धन्यवाद समेत दिएका छन् ।

कोरोना सङ्क्रमणको दोस्रो लहर चलेसगैं बराहक्षेत्रमा हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ३० जना रहेका छन् ।

बराहक्षेत्र नगरपालिकाले यस अघिनै जनताको समस्यालाई बुझेदै एम्बुलेन्स नभएको अवस्थामा मेयर खनाल र प्रमुख प्रशासकीय अधिकृतले चढ्दै आएको सवारी साधन एम्बुलेन्सका रुपमा सञ्चालन गर्ने घोषणा गरिसकेको छ । यस्तै नगरपालिकाले सप्तकोशी बहुमुखी क्याम्पसमा ५० बेडको आइसोलेसन वाड समेत निर्माण गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published.