
दमक,२५ बैशाख । निषेधज्ञालाई अवसरका रुपमा उपयोग गर्दे दमकका होटल सञ्चालक काजी राउत । जिल्लामा निषेधज्ञा जारी भएपछि होटल वन्द गरेर गाउँ पुगेका झापा गाउँपालिका ७ दयालवस्ती निवासी राउतले बाँसवाट यसरीनै डोको लगायतको घरायसी सामाग्रीहरु तयार गरिआएका छन् । उनले गएको बर्षमा समेत भएको लकडाउनलाई यसरीनै सदुपयोग गरेका थिए । घरमा बस्दाँ उनले फूर्सदका समयमा आयआर्जनका लागि यस्ता घरायसी सामाग्रीहरु तयार गरिआएका छन् ।