साथीको हत्या आरोपमा प्रकाश तामाङ पक्राउ

इटहरी,२५ बैशाख । आफ्नै साथीको हत्या गरेको आरोपमा प्रहरीले सुनसरीबाट एकजनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा सुनसरीको वराह नगरपालिका–४ घर भएका प्रकाश तामाङ रहेका छन् ।

इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको टोलीले २४ वर्षीय तामाङलाई इटहरी उपमहानगरपालिका–६ बाट पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय इटहरीका इन्सपेक्टर केशव कुमार कटवाल उनले वैशाख २२ मा रातको समयमा इटहरी उपमहानगरपालिकाको ट्याङ्ग्रा खोलामा हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

दायाँ हातको नाडीमा ‘दुखी राई’ नाम लेखेका मृतकको यकिन नाम ठेगाना खुलेको छैन । प्रकाशले उनी सडकमा भेटेर ‘साथी’ बनेको तर नाम र ठेगाना थाहा नभएको प्रहरीलाई बताएका छन् ।

Leave a Reply

Your email address will not be published.