उदयपुर, बैशाख २४, कटारी नगरपालिका(११ हर्देनी भीर माथी टिकटक बनाउने क्रममा लडेर १ जनाको मृत्यु भएको छ । धरानबाट ओखलढुङगा तर्फ जाँदै गरेको ना १ च ३३७० नम्बरको सुमो आज बिहान पौने १० बजे हर्देनी भीर माथी सडकमा बिग्रिएको र सोही सुमोमा सवार रहेका धरान(५ का १८ बर्षीय सुभास परियार सुमोबाट ओर्लिएर टिकटक बनाउने क्रममा भिरबाट लडेर गम्भिर घाईते भएका थिए । घाईत परियारको उपचारको लागी कटारी अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
इलाममा रुखबाट लडेर १ जनाको मृत्यु
ईलाम नगरपालिका(५ ओख्रेका ३२ बर्षीय मिलन अधिकारीको रुखबाट लडेर मृत्यु भएको छ । आज बिहान ९ बजेको समयमा घर नजिकै रहेको खनिउको रुखबाट घाँस झार्ने क्रममा अचानक लड्दा अधिकारीको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जनाएको छ ।