दमकमा कोरोना संक्रमित सुत्केरीको मृत्यु


दमक,२३ बैशाख । दमक- ३ की एक जना कोरोना संक्रमित सुत्केरीको विराटनगरमा मृत्यु भएको छ । आठ दिनकी सुत्केरी ती ३३ बर्षिया महिलाको आज बिहान कोशी कोभिड अस्पताल विराटनगरमा उपचारका क्रममा मृत्यु भएको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । यससंगै दमकमा दोश्रो चरणको कोरोना संक्रमित मृतकको संख्या ६ पुगेको छ ।
यसअघि बिहिबार दमक -२ का ५२ बर्षिय संक्रमित पुरुषको संक्रमणका कारण मृत्यु भएको थियो । यस्तै, गएरातिनै झापा, गौरादह- ४ की एक महिलाको पनि दमकस्थित एडभान्स अस्पतालमा मृत्यु भएको थियो ।

Leave a Reply

Your email address will not be published.