दमक,२३ बैशाख । दमकका ६४ सहित झापामा बिहीबार १९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लास्थित स्वास्थ्य कार्यालयका अनुसार दमकका ३२–३२ जना महिला र पुरुष गरी ,बिर्तामोडका ७ महिला , १५ पुरुष , मेचीनगरका १३ महिला , ९ पुरुष , कनकाईका ५ महिला , ७ पुरुष , गौरीगञ्जका १० महिला , ७ पुरुष , कमलका ९ महिला , १३ पुरुष ,गौरादहका १ महिला , १ पुरुष संक्रमित भएका छन् ।
यस्तै, संक्रमित हुनेमा भद्रपुरका ४ महिला , ७ पुरुष , अर्जुनधाराका ४ पुरुष , बुद्धशान्तिका १ महिला, ३ पुरुष , शिवसताक्षीका ४ महिला , २ पुरुष, झापाका १ पुरुष र ठेगाना नखुलेकी एक महिला रहेका छन् । योसँगै झापामा सक्रिय संक्रमितको सँख्या १०८१ पुगेको छ ।जिल्लामा कूल संक्रमितको सँख्या ५ हजार ७९० पुगेकोमा ४ हजार ५६५जना निको भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।