दमकमा पिसिआरका लागि स्वाव संकलन शुरु


दमक,२१ बैशाख । कोरोनाको नयाँ भेरियन्ट सङ्क्रमण तीब्र गतिमा फैलिएपछि दमक नगरपालिकाको स्वास्थ्य शाखाले निश्चित दायरा भित्र पर्ने शंकास्पद बिरामीको पिसिआर परीक्षणका लागि स्वाब सङ्कलन गर्ने भएको छ ।
कोरोनाको शंका लागेर चिकित्सकले सिफारिस गरेका , कन्ट्रयाक ट्रेसिङमा परेका र स्वास्थ्यकर्मीहरुको पिसिआर परीक्षणका लागि आजदेखि दमक २ स्थित दमक अस्पताल कोभिड उपचार केन्द्रमा स्वाव सङ्कलन गरिने स्वास्थ्य शाखाले जनाएको छ ।
यो सुबिधा दमक नगरबासीका लागि मात्रै भएको पनि जारी सूचनामा उल्लेख छ । सरकारले अहिलेसम्म सरकारी अस्पतालमा पुगेर चिकित्सकले सिफारिस गरेका बिरामीको लागि मात्रै यो सुबिधा दिदै आएको छ । जिल्लामा भने त्यस्तो सुबिधा झापाको मेची अस्पतालमा मात्रै गर्देआएको थियो ।
कोरोनाको दोस्रो लहर चलिरहदाँ देशभरमा पहिलो पटक दमकमा स्थानीय सरकारबाट यो सुबिधा शुरु गरेको नगर स्वास्थ्य शाखाका कुवेर भट्टराईले वताए ।दमकमा चैत २५ यता नयाँ भेरियन्टका संक्रमणबाट ९० जना संक्रमित हुनुका साथै दुई जनाको मृत्युभएको जनाईएको छ ।

दुई जना संक्रमितलाई बिएण्डसी रिफर
दमक २ स्थित कोभिड उपचार केन्द्रमा उपचारका लागि भर्ना भएका चार जना मध्ये दुई जना थप उपचारका लागि बिएण्डसी अस्पताल बिर्तामोड रेफर गरिएका छ्न्। उपचाररत एक महिला र एक पुरुषको उपचारका लागि रेफर गरिएको दमक अस्पतालकी सूचना अधिकारी देबी दङालले जानकारी दिइन । त्यस्तै सो केन्द्रमा आज थप दुई जना नयाँ सङ्क्रमित उपचारका लागि भर्ना भएका छ्न् । सो उपचार केन्द्र दमक अस्पताल अन्तर्गतको कोभिड बिशेषका रूपमा सञ्चालित रहेको छ । सङ्क्रमितहरुलाई लक्षित गरि हालै सञ्चालनमा ल्याईएको सो उपचार केन्द्र ३० बेड क्षमताको छ ।

Leave a Reply

Your email address will not be published.