बिर्तामोड ८ का वडाध्यक्ष कार्की धरौटी बुझाएर छुटे

बिर्तामोड,२१ बैशाख । गैर नागरिकलाई नागरिकता दिएको आरोपमा अदालतमा मुद्धा परेपछि करिव एक वर्षदेखि फरार रहेका बिर्तामोड नगरपालिका वडा नं ८ का वडाध्यक्ष अजय कार्की जंगे अदालतबाट धरौटीमा छुटेका छन् ।
जिल्ला अदालतमा आत्मसमर्पण गरी उनी धरौटी राखेर रिहा भएका हुन् । उनीमाथि २०७६ भदौ ८ गते विभिन्न तीनवटा मुद्धा लागेको थियो । ३–३ लाखको दरले ९ लाख रुपैयाँ धरौटी राखेर उनी तारेखमा मुक्त भएको जनाइएको छ । उनको मुद्धाको फैसला बैशाख ३० गते रहेको थियो । कोरोना संक्रमणका कारण अदालत बन्द हुने भएपछि उनले हिजै अदालत पुगेर धरौटी बुझाएका थिए । किर्ते नागरिकता काण्डमा संलग्न भएको आरोपमा उनी करिव १३ महिनादेखि फरार थिए ।यसैगरि धरौटीमा छुटेका उनले अब आफू जनताको काममा फर्किने बताएका छन् ।

Leave a Reply

Your email address will not be published.