कमल ,२० बैशाख । कमल गाउँपालिका वडा न. ५ स्थित मंगलवारे वजार क्षेत्रमा कोरोना भाइरसको संक्रमण फैलिने सक्ने भन्दै स्थानीयले सचेतना अभियान थालेका छन् ।
स्थानीय सगुन युवा क्लवले गाउँमा संक्रमणको जोखिम भएकाले त्यसवाट सावधानी अपनाउन आवश्यक सर्तकता थाल्ने निर्णय भएको अध्यक्ष देवेन्द्र राज आङदेम्बेले बताएका छन् । क्लवले स्थानीय व्यवसायी ,समाजसेवीहरुको उपस्थितिमा आज बैठक बसेर सर्तकतासहित जारी निषेधज्ञालाई पूर्ण पालना गराउने निर्णय भएको उनले जनाए ।
उनका अनुसार केहिदिन अघि मंगलवारे आसपासका तीन जनामा संक्रमण देखिएपछि क्लवले थप जोखिम फैलिन नदिन छलफल गरिएको हो । कोभिडवाट जोगिन अनावश्यक हिडडुलमा रोक लगाउने , माक्सको उचित प्रयोग, भौतिक दुरी जस्ता स्वास्थ्य मापदण्ड कडाईका साथ पालना गराउने निर्णय भएको क्लवका सदस्य दिपेन्द्र राईले वताए ।
बैठकले संक्रमण अवधिभरि साताको मंगलवार लाग्दैआएको हाटवजार वन्द गराउने समेत निर्णय भएको वताईएको छ ।