प्रेस स्वतन्त्रता दिवसमा अन्तरक्रियासहित,क्यालेण्डर बिमोचन

दमक,२० बैशाख । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा दमकमा बुधबार अन्तरक्रियात्मक तथा प्रशिक्षणमूलक गरि मनाईएको छ । “अधिकारको आगामी बाटो अभिव्यक्ति स्वतन्त्रता सबै अधिकारहरुको बाहक” भन्ने नारासहित यसपटक विश्व प्रेस स्वतन्त्रता दिवस मनाइएको हो । कार्यक्रमका सहभागीहरले निष्पक्ष र स्वतन्त्र पत्रकारितामा जोड दिएका छन् ।
नेपाल पत्रकार महासंघ झापा शाखाले गौरादह नगरपालिकासँगको सहकार्यमा दमकस्थित स्वर्णलक्ष्मी साकोसको सभाकक्षमा आयोजना गरेको अभिव्यक्ति स्वतन्त्रता तथा सूचनाको हक विषयक अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रममा नागरिकहरुलाई सुसुचित हुने अधिकारका लागि पत्रकारहरुलाई सुसुचित गरिनु आवश्यक रहेको बताए ।

पत्रकारले अभिव्यक्ति स्वतन्त्रता तथा सूचनाको हक प्रयोय गर्दैगर्दा तथ्यमा आधारित हुनुपर्ने तथ्यपरक समाचारले सञ्चार जगतमाथिको विश्वसनियता बढाउने गौरादह नगरपालिकाका नगर प्रमुख छत्रपति सुवेदीले उल्लेख गरे ।
पत्रकार महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरीले अहिले सम्म सञ्चारक्षेत्रलाई समेटेर कुनै पनि ऐन बन्न नसकेको करण सञ्चार क्षेत्र धरासायी बन्दै गईरहेको बताए । सञ्चारक्षेत्रमा संघियताको अनुभूति हुन नसकिरहेको भन्दै उनले स्थानीय तहले आफ्ना सूचना सामग्री स्थानीय सञ्चारमाध्यमलाई उपलब्ध गराएर सञ्चार संस्थालाई अगाडी बढाउन सहयोग गर्न माग गरे ।
कार्यक्रममा अभिव्यक्ति स्वतन्त्रताका विषयमा मानव अधिकारकर्मी डाक्टर रुपक खनाल, विश्व प्रेस स्वतन्त्रता दिवसको सन्दर्भमा महासंघको केन्द्रिय सदस्य अम्मर खड्का र मल्टिमिडियाको बारेमा गणेशमान मुखीयाले कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा महासंघका प्रदेश कोषाध्यक्ष विमल लामिछाने , दमक नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत डम्वरुबल्लव निरौला , प्रेस चौतारीका प्रदेश महासचिव गोपाल झापाली, अग्रज पत्रकार गोविन्दचन्द क्षेत्री, नेपाल प्रेस युनियनकी केन्द्रिय सचिव रेजीना गौतम , प्रेस मञ्चका केन्द्रिय अध्यक्ष कमन देवान लगायतले अभिव्यक्ति स्वतन्त्रता तथा सुचनाको हकका विषयमा आआफनो धारणा राखेका थिए ।
सोही कार्यक्रममा नेपाल पत्रकार महासंघ झापा शाखाले आफनो सांगाठानिक गतिविधीलाई समेटेर प्रकाशन गरेको २०८० सालको बार्षिक क्यालेण्डर विमोचन समेत गरिएको थियो । कार्यक्रम नेपाल पत्रकार महासंघ झापाका सहसचिव अर्जुन राजवंशीले सञ्चालन गरेका थिए भने उपाध्यक्ष केशव भट्टराईले स्वगत मन्तव्य राखेका थिए ।

 

Leave a Reply

Your email address will not be published.