दमक,१९ बैशाख । दमक- ८ स्थित सरस्वती टोल विकास संस्थाले आफना टोलमा कोभिड भित्रिन नदिन सचेतना कार्यक्रम गरेको छ ।
टोल विकासको अगुवाईमा आज त्यस टोल क्षेत्र भरि कोरोना संक्रमण हुन नदिन रोकथाम तथा नियन्त्रणका उपायका बारेमा सचेतनामूलक कार्यक्रम गरिएको अध्यक्ष चन्द्र खत्रीले वताएका छन् । त्यस अवसरमा संस्थाले सर्वसाधारणहरुलाई कोरोनाबाट जोगिन माक्सको उचित प्रयोग ,भौतिक दुरी लगायतका बारेमा जानकारी दिनुका साथै निशुल्क माक्स वितरण गरिएको उनले बताए ।
त्यस्तै, संस्थाले टोल मार्गको नामाकरणमूलक बोर्ड राखिएको उनले वताए । टोल प्रवेशद्धारमा राखिएको सो वोर्ड त्यहाँको एलाईड अंग्रेजी बोर्डिङ स्कुलले प्रायोजन गरेको थियो ।