धनकुटा र उदयपुरबाट लागु औषध सहित दुई जना पक्राउ

बिराटनगर, बैशाख १९, धनकुटा र उदयपुरका २ छुट्टाछुट्टै स्थानबाट नियन्त्रीत लागुऔषध सहित २ जना पक्राउ परेका छन् । धनकुटा नगरपालिका(७ बाट धरान उपमहानगरपालिका(१९ का २३ बर्षीय भिमराज लिम्बु एभिल ४४ एम्पुल लुपिजेसिक ३८ एम्पुल, डाईजल्याप ४७ एम्पुल सहित पक्राउ परेका हुन् । यसैगरी उदयपुरको त्रियुगा नगरपालिका(६ चुहाडेबाट त्रियुगा नगरपालिका(१२ का २१ बर्षीय पप्पु मल्लिक डुम लागुऔषध डाईजेपाम ६० एम्पुल, न्युफिन ६० एम्पुल, फेनारगन (६० एम्पुल र सिरिन्ज (१ थान सहित शनिवार साँझ ६ बजे पक्राउ परेका हुन् । लागुऔषध सहित पक्राउ परेका दुबै जनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published.