अरुण नदिमा डुबेर न्यौपाने बेपत्ता

भोजपुर, बैशाख १९, षडानन्द नगरपालिका ७ का २९ बर्षीय रुद्र बहादुर न्यौपाने अरुण नदिमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका छन् । शनिवार दिउँसो सवा १ बजेको समयमा षडानन्द नगरपालिका ६ अरुण नदिको लम्सुवाघाटमा पौडी खेल्ने क्रममा न्यौपाने अचानक डुबेर बेपत्ता भएको भन्ने खबर प्राप्त भएसंगै प्रहरी टोली खटि गई स्थानीयवासी समेतको सहयोगमा खोजतलास भईरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.