दमक अस्पताल कोभिड उपचार केन्द्र आजबाट पुनः सञ्चालन

दमक १९ बैशाख । कोरोना संक्रमित विरामीहरुको आफ्नै ठाउँमा प्रारम्भिक उपचार गर्ने उद्देश्यले झापाको दमक नगरपालिकाले शुरु गरिएको दमक अस्पताल(कोभिड उपचार केन्द्र )आजबाट पुनः सञ्चालनमा ल्याइएको छ ।

नेपालमा पनि दोश्रो चरणको नयाँ भरियन्टको कोरोना फैलिएसंगै आजबाट पुनः दमक २ स्थित वेलडाँगीमा निर्माण गरिएको कोरोना उपचार केन्द्रलाई पुनः संचालन गरिएको दमक नगरपालिकाकी उपप्रमुख गीता अधिकारीले जानकारी दिईन् । नगरका अन्य विकास निर्माणका योजनाहरुलाई थाती राखेर नागरिकहरुको स्वास्थ्य उपचारमा केन्द्रित भएको उनले वताइन् ।

यसपटकको कोरोना नयाँ ढंगबाट द्रुतगतिमा फैलि रहेको यो महामारीबाट आफु पनि बच्च र अरुलाई पनि बचाउन सवै नागरिक सचेत रहन नगरपालिकाले आग्रह समेत गरेको छ । उनले बिनाकारण हिडडुल नगर्न र आफनो स्वास्थ्यलाई पनि ख्यालमा राख्दै एक आपसमा सहयोगको भावना राख्न आग्रह समेत गरेकी छिन् । कसैलाई स्वास्थ्य सम्बन्धिका कुनै समस्या परेमा जनप्रतिनिधि तथा नजिकैको स्वास्थ्यकर्मीसंग सम्पर्क राख्न आग्रह समेत गरिएको छ ।

हालको बिसम परिस्थितीमा पनि कार्यक्षेत्रमा खटिरहेका स्वास्थ्यकर्मीहरुको मनोवल उच्च रहने गरि सहयोग गर्न सवैमा उपप्रमुख अधिकारी आग्रह समेत गरेकी छन । कसैसंग खाली अक्सिजन सिलिन्डर भए कोभिड उपचार केन्द्रको अक्सिजन बैंकमा जम्मा गरि सहयोग गर्न अनुरोध समेत गरिएको उनले वताइन्।

Leave a Reply

Your email address will not be published.