पाँचथरमा मोटरसाईकल दुर्घटनामा परि एक जनाको मृत्यु

पाँचथर, बैशाख १८, पाँचथरको फाल्गुनन्द गाउँपालिका(३ गुम्बाडाँडामा भएको मोटरसाईकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । शुक्रवार दिउँसो साँढे ३ बजेको पाँचथरको पौवाभञ्याङबाट ईलाम तर्फ जाँदै गरेको बा ८५ प २२८० नम्बरको मोटरसाईकल आफै अनियन्त्रीत भई सडकबाट करिव ५० मिटर तल खसेर दुर्घटना हुँदा मोटर साईकल चालक फाकफोकथुम गाउँपालिका(३ का १८ बर्षीय किरण राईको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.