दमक,१८ बैशाख । नेपाली कांग्रेसका पूराना कार्यकर्ता दमक ४ निवासी नेत्रप्रसाद सुवेदी पार्टीको केन्द्रीय नीति ,अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान अन्तर्गतको आन्तरिक पार्टी समन्वय समितिको विषयगत विज्ञका रुपमा मनोनित भएका छन् ।
कांग्रेसका उपसभापति बिमलेन्द्र निधि प्रमुख तथा केशव निरौला संयोजक रहेको सो विषयगत समितिको विज्ञका रुपमा हालै उनलाई नियुक्ति गरेको हो ।
पार्टीको विभागीय उक्त प्रतिष्ठानले सुवेदीलाई नियुक्त गर्दे प्रतिष्ठान प्रमुख, कार्यकारी निर्देशक ,नीति निर्देशक तथा विषय संयोजकको समन्वयमा रहि सम्बन्धित बिषयमा पार्टीको नीति निर्माणमा सहयोग पुरयाँउन हुन नियुक्ति पत्रमा उल्लेख छ ।
नियुक्त भएका सुवेदी दमकका व्यवसायी समेत हुन् । उनले पार्टीले दिएको जिम्मेवारी अनुसार पार्टी हितका लागि काम गर्ने प्रतिवद्धता जनाएका छन् ।