तिला लेकाली
बेलबारी,मोरङ ।
कतै छाक टार्ने आशा उही छ
कतै पासा मार्ने तमासा उही छ
नयाँ युग आयो नयाँ धुन बज्ला
कसरी भनू खै निरासा उही छ
छ बोतल पुरानै नयाँ रक्सी आयो
मातेर फलाक्ने त्यो भाषा उही छ
छ ढिला र सुस्ती शुसासन हरायो
नराखौँ भन्यो खै, गुनासा उही छ
परेन परेन यता पल्टिएन
उतै तर्फ पर्ने त्यो पासा उही छ