लेटाङ, १८ बैशाख, लेटाङ नगरपालिका वडा नं १ र ७ लाई जोड्ने सडकको लेटाङ नगरपालिकाका प्रमुख शंकर राई र प्राविधिक टोलीले अनुगमन गरेको छ । लेटाङ नगरपालिकाकाले २ वटा वडा जोड्नका लागि यस वर्ष योजना अगाडी सारेको थियो ।
अनुगमनका क्रममा नगरप्रमुख राईले पहाडी विकट भुगोललाई पनि सडक सञ्जालमा जोडेर सुगम स्थल बनाउने आफ्नो योजना रहेको बताए । मलिवासे सिमाना सडक बनेपछि स्थानीयवासीलाई आवातजावतमा धेरै सहजभएको र अन्य विकासका पुर्वाधार निर्माणका आफ्नो योेजनामा साथ दिनका स्थानीयलाई नगरप्रमुख राईले आग्रह गरे । ४ मिटर चौडा तथा ५ किलोमिटर लम्वाईको यो सडकको वारंगी र भोगटेनीलाई जोड्ने र २ वडाका सर्वसाधारणहरुले संगै मिलेर काम गर्ने बताए । उनले सडक निर्माण भएसंगै पर्यटनका लागि समेत काम अगाडी वढाउनुपर्नेमा जोड दिए।
सडक निर्माणले वडा नं। १ र ७ का सर्वसाधारणलाई आवात जावत गर्न सहज भएको स्थानीय भुपाल वजीले वताए । स्थानीय चिसाङ खोलामा बर्षातको समय आवत जावत गर्न झोलुंगे पुल निर्माण भएपनि सवारी साधनका लागि पक्की पुलको आवश्यकता रहेको वजीको भनाई छ ।
५ किलोमिटर सडक नयाँ ट्रयाक सहित खुलेपछि स्थानीयलाई स्वास्थ्य संस्था, विद्यालय लगायतका सेवा सुविधा लिन समेत सहज भएको अर्का स्थानीय जसमान लिम्बुले बताए । सवारी साधन आवतजावत हुन थालेछि स्थानीयको दैनिकी समेत परिवर्तन भएको लिम्बुको भनाई छ ।