झापा, १७ वैशाख । दमकका १० सहित झापामा थप ५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने एक जनाको मृत्यु भएको छ ।
स्वास्थ्य कार्यालय झापाका अनुसार २२ महिलासहित ५६ जनामा कोरोना भाइरसको संक्रमण भएको छ ।
दमकमा ४ महिलासहित १० जना, बिर्तामोडमा ५ महिलासहित १० जना, मेचीनगरमा १ महिलासहित ४ जना, भद्रपुरमा १ महिलासहित ५ जना, कनकाईमा ४ महिलासहित ७ जना, अर्जुनधारामा १ महिलासहित ५ जना, बुद्वशान्तिमा १ जना पुरुष, गौरीगञ्जमा १ महिलासहित ३ जना, कमलमा १ जना, शिवसताक्षीमा ३ महिलासहित ४ जना र झापा गाउँपालिकामा १ महिलासहित २ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले जानकारी दिए ।
त्यस्तै मृत्यु हुनेमा झापा गाउँपालिका–४ का ५७ वर्षीय पुरुषको विराटनगर स्थित नोवेल मेडिकल कलेजमा मृत्यु भएको फोकल पर्सन चौलागाईले बताए ।
योसँगै झापामा संक्रमितको संख्या ५००१, डिस्चार्ज ४५२९, आइसोलेसनमा ३३८ जना, कुल संक्रमित एन्टिजेन ५२ जना र मृत्यु हुनेको संख्या १३४ जना पुगेको उनले बताए ।