दमकको मालपोत र नापी कार्यालयको सेवा आलोपालो


दमक,१७ बैशाख ।
कोरोना कहरका कारण झापाको दमक नगरपालिकामा रहेका मालपोत कार्यालय र नापी कार्यालयले सेवाग्राहीका लागी आलोपालो प्रणाली लागू गरेको छ ।
ती दुवै कार्यालयले आगामी आइतबारदेखि फरक फरक क्षेत्रका सेवाग्राहीको काम फरक फरक दिनमा गर्ने तालिका बनाएको छ । कोरोनाको संक्रमण बढेको र स्वास्थ्य सुरक्षाका लागि सरकारले तोकेको मापदण्ड कार्यान्वयन गराउन यस किसिमको योजना बनाइएको मालपोत कार्यालय दमकका प्रमुख तारानाथ दंगालले बताए । उनका अनुसार आगामी वैशाख १९ गतेदेखि लागू हुने गरी त्यस्तो तालिका बनाइएको छ । जस अनुसार हरेक पालिकाका सेवाग्राहीले फरक फरक बारमा आएर मालपोत र नापी कार्यालयबाट सेवा लिनुपर्ने हुन्छ ।

हेर्नुस, कुन पालिकाको पालो कुन बार ?

Leave a Reply

Your email address will not be published.