
काठमाडौँ,१७ बैशाख । पछिल्लो २४ घण्टामा थप ५ हजार ७२७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा ५ हजार ७५७ र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ७० जनामा कोरोना पुष्टि भएको जानकारी दिएका हुन् ।
१५ हजार ३९१ जनाको पीसीआर र ५२५ को एन्टिजेन विधिबाट गरिएको परीक्षणमा सो संख्यामा संक्रमित भेटिएका हुन् । योसहित नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ३ लाख २३ हजार १८७ पुगेको छ ।
कुन जिल्लामा कति संक्रमित थपिए ?
मन्त्रालयका अनुसार प्रदेश १ को इलाममा ४, उदयपुरमा ३, ओखलढुंगामा ६, खोटाङमा ४, झापामा ७७, ताप्लेजुङमा १, तेह्रथुममा १, धनकुटामा १, पाँचथर १, भोजपुरमा ६, मोरङमा १६१, संखुवासभामा १ र सुनसरी ५८ जनामा कोरोना भेटिएको छ।
यसैगरी प्रदेश २ को धनुषामा ५२, पर्सामा १५३, बारामा ४३, महोत्तरीमा ९, रौतहटमा १६, सप्तरीमा ४, सर्लाहीमा १९ र सिरहामा १३ जनामा कोरोना पाइएको छ।
बागमती प्रदेशको काठमाडौंमा मात्र २४ सय ४ जनामा कोरोना भेटिएको छ। काभ्रेमा ६९, चितवनमा १११, दोलखामा ११, धादिङमा १३, नुवाकोटमा १३, भक्तपुरमा १३३, मकवानपुरमा ३८, रामेछापमा १४, ललितपुरमा ४१९, सिन्धुपाल्चोकमा २८ र सिन्धुली ६ जनामा कोरोना पुष्टि भएको छ।
गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा ८, गोरखामा २०, तनहुँमा ५, नवलपरासी पूर्वमा ३६, पर्वत १, म्याग्दी १, लमजुङमा २, बागलुङमा २ र स्याङजामा ६ जनामा कोरोना भेटिएको छ।
कोरोना पुष्टि हुनेमा लुम्बिनी प्रदेशको अर्घाखाँचीमा २८, कपिलवस्तुमा २७, गुल्मीमा १४, दाङमा २५२, नवलपरासीमा ४६, पाल्पामा ४३, प्यूठानमा १०, बर्दियाका ५०, बाँकेमा ४२२, रुकुम पूर्व २, रुपन्देहीमा ४७३ र रोल्पामा ४४ जना छन्।
यस्तै, कर्णाली प्रदेशको कालिकोटमा १, जाजरकोटमा २, जुम्ला २, दैलेखमा १७, रुकुम पश्चिममा ५, सल्यानमा १०, सुर्खेतमा ९७ र हुम्लामा २ जनमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
त्यस्तै सुदूरपश्चिम प्रदेशको अछाममा १४, कञ्चनपुरमा ४६, कैलालीमा ४१, डडेल्धुरामा १३, डोटी २, दार्चुला २, बाजुरामा ३ र बैतडीमा १६ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।
५०० बढी सक्रिय संक्रमित भएका १२ जिल्ला
स्वास्थ्य मन्त्रालयले नेपालका हाल १२ जिल्लामा सक्रिय संक्रमितको संख्या ५ सय भन्दा बढी रहेको जानकारी दिएको छ । मन्त्रालयको तथ्यांक अनुसार काठमाडौं उपत्यकाका तीन वटै जिल्लाका साथै चितवन, मोरङ, पर्सा, कास्की, दाङ, बाँके, रुपन्देही, सुर्खेत र कैलाली संक्रिय संक्रमितको संख्या ५०० भन्द बढी छ ।
यसैगरी १० वटा जिल्लामा २ सय भन्दा बढी सक्रिय संक्रमित रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । जसमा सुनसरी, झापा, बारा, धनुषा, मकवानपुर, काभ्रे, पाल्पा, बर्दिया, कपिलवस्तु र कञ्चनपुर छन् ।
आईसीयू र भेन्टिलेटरमा ४४६उपचाररत
नेपालमा कोरोना संक्रमितको संख्या बढेसँगै आईसीयू र भेन्टिलेटरमा उपचाररतको संख्या पनि बढेको छ । हाल भेन्टिलेटर र आईसीयूमा गरी कूल ४४६ जना सक्रमितको उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयको पछिल्लो विवरणअनुसार हाल देशभर ११५ जना संक्रमित भेन्टिलेटरमा र ३३१ को आईसीयूमा उपचारत छन्। मन्त्रालयको विवरणअनुसार हाल प्रदेश १ मा ४० जना संक्रमित आईसीयूमा र ६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । यसैगरी प्रदेश २ मा हाल आईसीयूमा ९ जना र भेन्टिलेटरमा २ जना उपचाररत छन् । यसैगरी बाग्मती प्रदेशमा १४४ जना आईसीयूमा र ७२ जना भेन्टिलेटरमा उपचाररत छन् ।
यसैगरी गण्डकी प्रदेशमा ५ जना आईसीयूमा र १ जना भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा ८४ जना आईसीयूमा र २० जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।
मन्त्रालयको तथ्यांकअनुसार कर्णाली प्रदेशमा २७ जना आईसीयूमा ७ जना भेन्टिलेटरमा रहेका छन् । त्यस्तै, सुदूरपश्चिम प्रदेशमा २२ जना आईसीयूमा र ७ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ।
२४ घण्टामा थप ९२८ ले जिते कोरोना
पछिल्लो २४ घण्टामा थप ९२८ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार देशभरका विभिन्न अस्पतालमा उपचाररत उनीहरु संक्रमणमुक्त भई डिस्चार्ज भएका हुन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ८१ हजार ९५ पुगेको छ ।
२४ घण्टामा थप ३३ कोरोना संक्रमितको मृत्यु
पछिल्लो २४ घण्टामा थप ३३ कोरोना संक्रमितको मृत्यु भएको छ । २४ घण्टामा रिपोर्ट प्राप्त ३३ र २४ घण्टाभित्र मृत्यु भएकाहरु २८ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै हालसम्म कोरोनाले ज्यान गुमाउनेको संख्या ३ हजार २७९ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।