कोभिडका विरामीलाई सेवा पुरयाँउने घोषणा


दमक,१७ बैशाख । दमकका युवा व्यवसायी शम्भु भण्डारीले कोभिड–१९ का विरामीलाई अस्पतालसम्म आकस्मिक उपचारमा लैजान आफूले सवारी साधन निशुल्क उपलव्ध गराउने भएका छन् ।
विपन्न आर्थिक अवस्था भएका कोभिडका विरामीलाई दमकसहित प्रदेश १ भरिका अस्पतालहरुसम्म उपचार गर्नु पर्ने अवस्था आए आफूले अत्यावश्यक सवारी उपलव्ध गराउने घोषणा गरेका हुन् ।
नेकपा एमाले निकट युवा सङ्घ केन्द्रीय सचिवालय सदस्य तथा जिल्ला अध्यक्ष समेत भएका भण्डारीले राजनीति भन्दा माथि उठेर विपदका समयमा थोरै भएपनि मानवीय सहयोग पुरयाँउन त्यस्तो प्रतिवद्धता जनाएका छन् ।
उनले आर्थिक अवस्था कमजोर भएका कोभिडका विरामीलाई लक्षित गरि आजदेखि नै त्यस्तो सहयोग पुरयाँउने र सेवा लिन चाहनेले सिधै फोन ९८५२६७७९७२ बाटनै सम्पर्क गरि सेवा लिन हुन समेत आग्रह गरेका छन् । सामाजिक सञ्जालमा विचार राख्दै उनले कोभिडको संक्रमण थप फैलिन नदिन उच्च सावधानी र उपचारमा समेत सवै क्षेत्रबाट सहयोग पुरयाँउनु पर्ने समेत खाँचो रहेको थियो । .

Leave a Reply

Your email address will not be published.