काठमाडौं ,१६ वैशाख। पछिल्लो २४ घण्टामा थप ४९२९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२५९७ पीसीआर परीक्षणमा ४८३१ जना र ९६३ एन्टिजेन परीक्षणमा ९७ जना गरी ४९२८ जना संक्रमित भेटिएका हुन् ।
यस्तै, कोरोना भाइरस संक्रमणबाट थप ३५ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ३२४६ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ८८८ रहेको छ ।
सक्रिय संक्रमितको संख्या ३४ हजार नाघ्यो
नेपालमा कोरोना भाइरस सक्रिय संक्रमितको सख्या ३४ हजार नाघेको छ । पछिल्लो केही दिन यता निको हुने भन्दा नयाँ संक्रमित थपिनेको संख्या बढेसँगै सक्रिय संक्रमितको संख्या ३४ हजार नाघेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विहीबारको तथ्यांक अनुसार सक्रिय संक्रमितको संख्या ३४ हजार ११७ रहेको छ । यसअघि हिजो बुधबारसम्म सक्रिय संक्रमितको संख्या ३० हजार २०९ थियो ।
५ सय बढी सक्रिय संक्रमित रहेका १२ जिल्ला
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालका हाल १२ जिल्लामा सक्रिय संक्रमितको संख्या ५ सय भन्दा बढी रहेको छ । मन्त्रालयको तथ्यांक अनुसार काठमाडौं उपत्यकाका तीन वटै जिल्लाका साथै चितवन, मोरङ, पर्सा, कास्की, दाङ, बाँके, रुपन्देही, सुर्खेत र कैलाली संक्रिय संक्रमितको संख्या ५०० भन्द बढी छ ।
यसैगरी १० वटा जिल्लामा २ सय भन्दा बढी सक्रिय संक्रमित रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । जसमा सुनसरी, झापा, बारा, धनुषा, मकवानपुर, काभ्रे, पाल्पा, बर्दिया, कपिलवस्तु र कञ्चनपुर छन् ।
आईसीयू र भेन्टिलेटरमा ४४४ उपचार हुदै
कोरोना संक्रमितको संख्या बढेसँगै आईसीयू र भेन्टिलेटरमा उपचाररतको संख्या पनि बढेको छ । हाल भेन्टिलेटर र आईसीयूमा गरी कूल ४ सय ४४ जना सक्रमितको उपचार भइरहेको मन्त्रालयले जानकारी दिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो विवरणअनुसार हाल देशभर १०७ जना संक्रमित भेन्टिलेटरमा र ३३७ को आईसीयूमा उपचारत छन्।
प्रदेश १ मा ३६ जना संक्रमित आईसीयूमा र ६ जना भेन्टिलेटरमा, प्रदेश २ मा हाल आईसीयूमा १० जना उपचाररत छन् । यसैगरी बाग्मती प्रदेशमा १५६ जना आईसीयूमा र ६७ जना भेन्टिलेटरमा उपचाररत छन् ।
यसैगरी गण्डकी प्रदेशमा ५ जना आईसीयूमा र १ जना भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा ८७ जना आईसीयूमा र २१ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।
मन्त्रालयको तथ्यांकअनुसार कर्णाली प्रदेशमा २३ जना आईसीयूमा र ५ जना भेन्टिलेटरमा तथा सुदूरपश्चिम प्रदेशमा २० जना आईसीयूमा र ७ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ।
कहाँ कति थपिए ?
मन्त्रालयका अनुसार प्रदेश १ को उदयपुरमा ५, ओखलढुंगामा ४, खोटाङमा १, झापामा ६५, ताप्लेजुङमा ८, धनकुटामा ३, भोजपुरमा १, मोरङमा १३७, संखुवासभामा १, सुनसरी ५४ र सोलुखुम्बुमा १ जनामा कोरोना भेटिएको छ।
यसैगरी प्रदेश २ को धनुषामा ६०, पर्सामा १५०, बारामा ३०, महोत्तरीमा २४, रौतहटमा २१, सप्तरीमा ८, सर्लाहीमा २१ र सिरहामा १२ जनामा कोरोना पाइएको छ।
बाग्मती प्रदेशको काठमाडौंमा मात्र १ हजार १२७ जनामा कोरोना भेटिएको छ। काभ्रेमा ५१, चितवनमा १३०, दोलखामा ९, धादिङमा १७, नुवाकोटमा ३५, भक्तपुरमा १८२, मकवानपुरमा ४, रसुवामा ११, रामेछापमा १९, ललितपुरमा २५२, सिन्धुपाल्चोकमा २१ र सिन्धुली २५ जनामा कोरोना पुष्टि भएको छ।
गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा ११२, गोरखामा १९, तनहुँमा ९, नवलपरासी पूर्वमा २७, पर्वत ५, मनाङ १, म्याग्दी ५, लमजुङमा ९, बागलुङमा ७ र स्याङजामा १८ जनामा कोरोना भेटिएको छ।
कोरोना पुष्टि हुनेमा लुम्बिनी प्रदेशको अर्घाखाँचीमा १८, कपिलवस्तुमा ४१, गुल्मीमा २६, दाङमा १८१, नवलपरासीमा ४१, पाल्पामा ८६, प्यूठानमा ११, बर्दियामा २४, बाँकेमा ४८९, रुकुम पूर्व ३, रुपन्देहीमा ५२८ र रोल्पामा ३ जना छन्।
यस्तै, कर्णाली प्रदेशको कालिकोटमा १, जाजरकोटमा ३, जुम्ला १४, डोल्पा १, दैलेखमा ६, रुकुम पश्चिममा ५, सल्यानमा १२, सुर्खेतमा १३६ र हुम्लामा १ जनमा कोरोना भेटिएको छ भने सुदूरपश्चिम प्रदेशको अछाममा १३, कञ्चनपुरमा ६३, कैलालीमा ३३९, डडेल्धुरामा ८, डोटी ३५, दार्चुला २, बझाङमा ९, बाजुरामा १ र बैतडीमा ३० जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।