दमक,१६ बैशाख । पूर्वपश्चिम राजमार्गको दमक- ९ स्थित चियादोकान नजिकैको भित्री प्रगति मार्गमा शंकास्पद बस्तु फेला परेको छ। टिनको डब्बामा एउटा प्रेसर कुकर बाधेको अबस्थामा आज विहान त्यस शंकास्पद बस्तु फेला परेको हो ।
फालिएको सो शंकास्पद बस्तु भेटिएपछि दमक प्रहरीले सेनाको सहयोगमा निस्कृय गरिएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरीक्षक नवराज कार्कीले वताए ।
उनका अनुसार त्यस शंकास्पद बस्तुलाई तोपागाछीस्थित नेपाली सेनाको बम डिस्पोल टोलीले विहान ९ वजे निस्कृय बनाएको हो ।
विहानै त्यस शंकास्पद बस्तु देखिएपछि त्यस आसपासका बासिन्दाहरु त्रसित भएका थिए । फेला परेको त्यस शंकास्पद बस्तुमा नेकपा विद्रोही समूहको पर्चा टासिएको र अमेरिकी सहयोग एमसीसीको विरोध गरिएको उल्लेख छ । प्रहरीले बम भनेर त्रसित बनाउने समूहको खोजी कार्य भईरहेको प्रनाउ कार्कीले वताए ।