दमकमा जनप्रतिनिधिसहित प्रमुख प्रशासकीय अधिकृत संक्रमित


दमक,१६ बैशाख । दमक नगरपालिकाका जनप्रतिनिधिसहित प्रमुख प्रशासकिय अधिकृत गणेश तिम्सिनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
विराटनगरमा गरिएको कोरोनाको स्वाव परीक्षणमा तिम्सिनाको रिपोर्ट पोजेटिभ देखिएको हो । उनी केहिदिन अघि विराटनगरस्थित एक जना आफन्तको बैबाहिक कार्यक्रममा सहभागी भएका थिए ।
तिम्सिनाले आफनो कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आए लगत्तै आफू होम आइसोलेसनमा बसेको वताए । बैबाहिक समारोह सकेर दमक आएपछि मंगलबार मात्रै दमकमा कोरोना रोकथाम तथा नियन्त्रण सम्बन्धिको बैठकमा समेत उनी सहभागि भएका थिए ।
यसअघि बुधबारनै दमक २ का वडाध्यक्ष प्रजापति सापकोटालाई पनि कोरोना पुष्टि भएको थियो । सापकोटा विराटनगरमा अस्पताल भर्ना भएको बुझिएको छ ।
दमकमा ४५ सक्रिय संक्रमित
यसैगरि नगरपालिकाले विज्ञप्ति निकालेर दमकमा चैत २५ यता हालसम्म नयाँ भेरियन्टवाट ४९ जना संक्रमित भएको जनाएको छ । त्यसमध्ये एक बृद्धको ज्यान गएको र दुई जना निको भएको नगरपालिकाले जनाएको छ । ती मध्ये २२ महिला र २३ पुरुष गरि ४५ सक्रिय संक्रमित रहेका छन् ।

Leave a Reply

Your email address will not be published.