दमक,१५ बैशाख । दमक नगरपालिका वडा न. १ का वडाध्यक्ष तारा प्रसाद अधिकारीले आफनो वडामा निर्माणाधिन सिरिजङगा सामुदायिक भवनका लागि रु ५० हजार सहयोग गरेका छन् ।
निर्माणाधिन सामुदायिक भवनका लागि निर्माण कार्यमा सघाँउ पुरयाँउन उनले व्यक्तिगत रुपले रु ५० हजार टोलकी अध्यक्ष रचना लाओतीलाई हस्तान्तरण गरेका हुन् ।
अध्यक्ष लाओतीका अनुसार भवन बनाउन टोलवासी साहित्यकार सेसेमी से–नाल्बो र समाजसेवी इक्सा सङबाङ्फेले दान गरेको दश धुर जग्गा उपलव्ध गराएका थिए भने आवश्यक थप छ धुर जग्गा खरिद त्यहाँ सामुदायिक भवनको निर्माण कार्य भईरहेको छ ।
टोलमा ८५ घरघुरी रहेको र टोलबासी सदस्यबाट जनही रु ५ हजारको दरले रकम संकलन गरेर भवन निर्माण थालिएको अध्यक्ष लावतीले वताईन् ।