झापामा आज एकै दिन ५० जना संक्रमित

झापा,१५, बैशाख । झापामा आज एकैदिन ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हिजो २६ जना संक्रमित थपिएको जिल्लामा आज एकैपटक ५० जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार संक्रमित पुष्टि हुनेमा बिर्तामोड नगरपालिका क्षेत्रमा सबैभन्दा धेरै १३ जना संक्रमित रहेका छन । त्यस्तै गौरीगञ्जमा ११ जना, दमकमा ५ जना, कमल गाउँपालिकामा ४ जना, भद्रपुरमा ३, कनकाइमा ३, अर्जुनधारामा ३, शिवसताक्षी ३ जना संक्रमित थएिका छन ।

त्यसैगरी मेचीनगरमा २, बुद्धशान्ति १, बाह्रदशी १ र झापा गाउँपालिकामा १ जना आज नयाँ संक्रमित थपिएको जिल्ला स्वास्थ्य कार्यालयका कोभिड फोकल पर्सन जीवन चम्लागाईले जानकारी दिए।

यस्तै आजनै झापामा एक जनाको कोरोना संक्रमणकै कारण मृत्यु भएको छ । झापा गाउँपालिका वडा नं ४ का ५५ बर्षीय पुरुषको कोरोना संक्रमण पछि उपचारकै क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.