
काठमाडौं ,१५ बैशाख । गएको २४ घण्टामा नेपालमा थप ४८९७ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । १३ हजार ८७९ जनाको पीसीआर र ९५५ जनाको एन्टिजेन परीक्षण गर्दा क्रमशः ४७७४ र १२३ जनामा संक्रमण पुष्टि भएको हो । योसँग नेपालमा सक्रिय संक्रमितको संख्या ३० हजार २०९ पुगेको छ ।
काठमाडौँ उपत्यकामा थप २ हजार ४७ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो एक दिनमा भक्तपुरमा २३२, ललितपुरमा ३५१ र काठमाडौँमा १४६४ जना संक्रमित थपिएका हुन् ।
यस्तो छ जिल्लागत विवरण
मन्त्रालयका अनुसार प्रदेश १ को इलाममा ३, उदयपुरमा २, ओखलढुंगामा १, खोटाङमा २, झापामा ४०, ताप्लेजुङमा २३, धनकुटामा १, भोजपुर ३, मोरङमा १२८ , र सुनसरी ४९ जनामा कोरोना भेटिएको छ।
यसैगरी प्रदेश २ को धनुषामा ५३, पर्सामा १२३, बारामा ४१, महोत्तरीमा १७, रौतहटमा २३, सप्तरीमा ७, सर्लाहीमा १० र सिरहामा १७ जनामा कोरोना पाइएको छ।
बागमती प्रदेशको काठमाडौंमा मात्र १ हजार ४६४ जनामा कोरोना भेटिएको छ। काभ्रेमा ५०, चितवनमा १४७, दोलखामा ६, धादिङमा २२, नुवाकोटमा २५, भक्तपुरमा २३२, मकवानपुरमा ४, रसुवामा १, रामेछापमा ८, ललितपुरमा ३५१, सिन्धुपाल्चोकमा १७ र सिन्धुली ८ जनामा कोरोना पुष्टि भएको छ।
गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा १८२, गोरखामा ६१, तनहुँमा १५, नवलपरासी पूर्वमा १८, पर्वत ११, मुस्ताङ १, म्याग्दी १३, लमजुङमा १, बागलुङमा २१ र स्याङजामा २१ जनामा कोरोना भेटिएको छ।
कोरोना पुष्टि हुनेमा लुम्बिनी प्रदेशको अर्घाखाँचीमा २०, कपिलवस्तुमा ४७, गुल्मीमा १८, दाङमा १८०, नवलपरासीमा २८, पाल्पामा २८, प्यूठानमा ८, बर्दियाका २८, बाँकेमा ३२८, रुकुम पूर्व ५, रुपन्देहीमा ४३४ र रोल्पामा ९ जना छन्।
यस्तै, कर्णाली प्रदेशको कालिकोटमा ५, जाजरकोटमा ८, जुम्ला ८, डोल्पा १, दैलेखमा ५, मुगु २, रुकुम पश्चिममा ३, सल्यानमा ५ र सुर्खेतमा १३२ जनमा कोरोना भेटिएको छ ।
यसैगरी सुदूरपश्चिम प्रदेशको अछाममा २, कञ्चनपुरमा २४, कैलालीमा १९४, डडेल्धुरामा १२, डोटी २, दार्चुला १, बझाङमा २, बाजुरामा १ र बैतडीमा २२ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।
७७३ ले जिते कोरोना
नेपालमा पछिल्लो २४ घण्टामा थप ७७३ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार देशभरका विभिन्न अस्पतालमा उपचाररत उनीहरु संक्रमणमुक्त भई डिस्चार्ज भएका हुन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ७९ हजार २७९ पुगेको छ ।
थप १७ कोरोना संक्रमितको मृत्यु
यस्तै गएको २४ घण्टामा थप थप १७ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ घण्टामा रिपोर्ट प्राप्त भएको मृत्यु संख्या १७ र २४ घण्टा भित्रमा मृत्यु भएकाहरुको संख्या १० रहेको मन्त्रालयले जनाएको छ । योसँगै हालसम्म कोरोनाले ज्यान गुमाउनेको संख्या ३ हजार २११ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।
५ सय बढी सक्रिय संक्रमित भएका १२ जिल्ला
मन्त्रालयले नेपालका हाल १२ जिल्लामा सक्रिय संक्रमितको संख्या ५ सय भन्दा बढी रहेको जानकारी दिएको छ ।
मन्त्रालयको तथ्यांक अनुसार काठमाडौं उपत्यकाका तीन वटै जिल्लाका साथै चितवन, मोरङ, पर्सा, कास्की, दाङ, बाँके, रुपन्देही, सुर्खेत र कैलाली संक्रिय संक्रमितको संख्या ५०० भन्द बढी छ ।
यसैगरी १० वटा जिल्लामा २ सय भन्दा बढी सक्रिय संक्रमित रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । जसमा सुनसरी, झापा, बारा, धनुषा, मकवानपुर, काभ्रे, पाल्पा, बर्दिया, कपिलवस्तु र कञ्चनपुर छन् ।