रानीगाँउ,१४ बैशाख । पाँचथर जिल्लाको कुम्मायक गाउँपालिका वडा नं ४ रानीगाँउको वर डाडाँमा खनाल चौतारीको उदघाटन गरिएको छ ।पण्डित रमाकान्त खनालका सन्तति रानीगाँउले खनालहरुले आफ्ना पूर्वज पितृहरुको बिरासतलाई कायम राख्नका लागि खनाल चौतारीको निर्माण गरिएको हो ।
खनाल चौतारीको पूर्व सामान्य प्रशासन राज्यमन्त्री डम्बरसिंह सम्वाहाम्फेले गरेका थिए । उद्धाटनका क्रममा सम्वाहाम्फेले खनाल परिवार र सम्वाहाम्फे परिवारको सम्बन्ध ऐतिहासिक रहेको र यो चौतारीले त्यो सम्बन्धलाई अझ मजवुत र कसिलो पार्ने उल्लेख गरे ।
कार्यक्रममा पृथ्वी मावि यासोकका प्रधानाध्यापक ऋषिराम गजुरेल,पूर्व प्रअ चन्द्रप्रसाद निरौला,सोही बिद्यालयका अध्यक्ष तथा कुम्मायक–१ का वडा अध्यक्ष देवेन्द्रकुमार लावती, यासोक देउराली सेवा समाजका अध्यक्ष पदम फेउदिन, कुम्मायक गाउँपालिका वडा न ४ का वडा अध्यक्ष फगेन्द्र सम्वाहाम्फे ,सोही गाँउपालिकाका उपाध्यक्ष महेन्द्र बहादुर खड्का र अध्यक्ष बमप्रसाद लावती लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
चौतारी निर्माण समितिका सदस्य तथा अग्रज व्यक्तित्व यादव खनालले स्वागत मन्तव्य राखेको उक्त कार्यक्रममा रानीगाँउले खनाल बंशावली निर्माण तथा सम्पादन समितिका संयोजक ओमप्रसाद खनालले रानीगाँउले खनालहरुले तयार गरेको बंशावलीको वारेमा प्रकाश पारेका थिए ।
कार्यक्रममा स्थानीय तिलबहादुर खवास, राजेन्द्र बुढाथोकी, नरेन्द्र दाहाल,बमबहादुर बोहोरा, टंकबहादुर खड्का ,राजकुमार श्रेष्ठ ,चन्द्रगोपाल आचार्य,ओमप्रसाद निरौला ,नरेन्द्रबहादुर कार्की लगायतको उपस्थिति रहेको थियो ।
खनाल चौतारी निर्माण समितिका संयोजक भाग्यप्रसाद खनालको अध्यक्षतामा भएको उक्त कार्यक्रमको सञ्चालन मोहिनी खनालले गरेका थिए ।कार्यक्रममा बंशावली सम्पादन समितिका सदस्य देवीप्रसाद खनाल ,योगराज खनाल ,चौतारी निमार्ण समितिका सदस्य नन्दबहादुर खनाल, प्रकाश खनाल, रुपेश खनाल,गोविन्द खनाल,लगायत रानीगाउले खनाल समितिका सदस्यहरु बिजय खनाल , टिकासिह खनाल, नोवलकिशोर खनाल, बिन्देश्वर खनाल,नेत्रबिनोद खनाल,देवी खनाल,समिर खनाल,सुजन खनाल, भारती खनाल ,मिना खनाल, सुजता खनाल, सीता खनाल लगायत स्थानीयहरुको उपस्थिति रहेको थियो ।