शैक्षिक गुणस्तरमा अब्बल दमकको ‘सनराइज मोडल’

दमक ,१४ बैशाख । प्रविधिमैत्री र मन्टेश्वरी शिक्षणमा दमक -२ मा सञ्चालित सनराइज मोडल बोर्डिङ स्कूल दमकमानै अब्बल शैक्षिक संस्थाको रुपमा स्थापित छ ।
१४ बर्षदेखि यो बिद्यालयको समग्र नेतृत्व अनुभवी, युवा शैक्षिक व्यक्तित्व जनार्दन मैनाली र प्रशासकीय नेतृत्व नवराज भुर्तेलले कुशल नेतृत्व गरिआएसँगै गुणस्तरीय शिक्षाका लागि उत्कृष्ट गन्तव्यका रुपमा स्थापित बन्दै गएको हो ।

बिद्यालयले भुकम्प प्रतिरोधी, गुणस्तरीय पूर्वाधार, खेलकुद र मनोरञ्जनका लागि आफ्नै स्वामित्वको पर्याप्त जग्गा व्यवस्थापन गर्दै गुणस्तरीय शिक्षाको लय समातेको सहजै बुझ्न सकिन्छ । अनुभवी र कुशल प्रशासनिक नेतृत्व, चुस्त व्यवस्थापन, आकर्षक र व्यवस्थित भौतिक संरचना, सुन्दर र हरियाली वातावरण, प्रविधियुक्त विज्ञान प्रयोगशाला, दक्ष शिक्षक, शिक्षिका, कम्प्युटर ल्याब संस्कारयुक्त, व्यवहारिक सीपसहितको शिक्षाले यसको शैक्षिक गुणस्तर मापनको उचाईलाई राम्रोसँग उकास्ने महत्वपूर्ण औजार हुन् । यो बिद्यालयबाट अहिलेसम्म माध्यमिक तहको शिक्षा पुरा गरेर ११ औं ब्याच दक्ष, अनुशासित जनशक्तिको रुपमा समुदायमा गइसकेको बिद्यालयका प्रिन्सिपल नवराज भुर्तेल बताउँछन् ।

बिद्यालयमा सञ्चालित स्काउट, बाल क्लब आदिका माध्यमबाट बिद्यार्थीहरु समुदायका विभिन्न कृयाकलापमा जोडिँदै गएका छन भने बिद्यार्थीहरुमा अनुशासन र व्यवहारिक सीप र संस्कारसहितको शिक्षामा बिद्यालयले विशेष जोड दिँदै आएको बिद्यालयले जनाएको छ । बिद्यालयको शैक्षिक वातावरणलाई सहज बनाउन बिद्यार्थीहरुका लागि दुई वटा बस मार्फत यातायात सुविधा प्रदान गर्दै आएको छ भने कक्षा ६ भन्दा माथिका बिद्यार्थीका लागि इच्छा अनुसार आवासीय सुविधा समेत दिर्दै आएको छ । न बजार न गाउँको वातावरण छ सनराइज मोडल अंग्रेजी माविको प्रभावित क्षेत्र । गाउँबाट शहरका रुपमा बिकास हुनु अगावै सभ्य र समुदायका सक्षम नेतृत्वकर्ताहरु समेतको बसोबासका लागि रोजाईको क्षेत्र बनेको यो स्कूल आसपासको वातावरणनै शैक्षिक, धार्मिक र संस्कारयुक्त छ ।

………………………………………………………………………………………………………………………………………………

आगामी शैक्षिक सत्रदेखि सनराइज मोडलले विज्ञान र व्यवस्थापन संकायमा व्यवहारिक र सीपयुक्त प्रविधिमैत्री कक्षा ११ – १२ को समेत पठनपाठन सञ्चालन गर्न गइरहेको छ । शिक्षा, अनुशासन र नैतिकताको उज्यालो बाटोमा बिद्यार्थी र सिंगो समाजलाई अघि बढाउन अभिभावकहरु, बिद्यालय प्रशासन , शिक्षक -शिक्षिका र बिद्यार्थीहरुको संयुक्त साझेदारी प्रयासलाई अघि बढाउने बिद्यालयको नीति रहेको छ ।

धेरै अभिभावकहरुको मन जित्दै यसले आफ्नो प्रभाव क्षेत्र समेत विस्तार गर्दै आएको छ । दमकको मुख्य बजार क्षेत्रका अतिरिक्त उर्लाबारी, मधुमल्ला, कमल गाउँपालिका, इलामको चुलाचुली गाउँपालिका क्षेत्रमा समेत यसले आफ्नो प्रभाव विस्तार गर्न सफल भएको बिद्यालयका सञ्चालक तथा निर्देशक जनार्दन मैनाली बताउँछन् । कक्षा -५ सम्म पूर्ण मन्टेश्वरी बिधिबाट शिक्षण सिकाई कृयाकलाप सञ्चालन गर्दै आएको यो बिद्यालयका बिद्यार्थीहरु प्याव्सन दमक, प्याव्सन झापा र दमक नगरपालिका तथा अन्य निकाय तथा संघ संस्थाहरुले आयोजना गरेका विभिन्न विधागत प्रतिस्पर्धाहरुमा समेत अब्बल सावित हुँदै आएका छन् ।

निर्देशक मैनाली यो बिद्यालयले चालू शैक्षिक सत्रमा शैक्षिक वातावरणलाई थप उत्कृष्ट र नमुना रुपमा बिकास गर्दै लगिएका कारण पनि विद्यार्थीको आर्कषण बढ्दो रहेको बताउँछन्। । उनका  अनुसार आगामी शैक्षिक सत्रदेखि सनराइज मोडलले विज्ञान र व्यवस्थापन संकायमा व्यवहारिक र सीपयुक्त प्रविधिमैत्री कक्षा ११ – १२ को समेत पठनपाठन सञ्चालन गर्न गइरहेको छ । शिक्षा, अनुशासन र नैतिकताको उज्यालो बाटोमा बिद्यार्थी र सिंगो समाजलाई अघि बढाउन अभिभावकहरु, बिद्यालय प्रशासन , शिक्षक -शिक्षिका र बिद्यार्थीहरुको संयुक्त साझेदारी प्रयासलाई अघि बढाउने बिद्यालयको नीति रहेको छ ।

Leave a Reply

Your email address will not be published.