झापा,१३ बैशाख । काठमाडौँबाट झापा आइरहेको प्रदेश १–०१–००१–ख४२ नम्बरको सयपत्री यातायातको रात्रिबस आज बिहान ५ः३० बजे झापाको शिवसताक्षी नगरपालिका–९दूधे स्थित मिलन चौक खण्डमा अनियन्त्रित भई दुर्घटना भएको छ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक मिलनकुमार केसीका अनुसार दुर्घटनामा बसमा सवार २२ जना यात्रु घाइते भएका छन्। घाइतेको उपचार बिर्तामोडस्थित विर्तासिटी हस्पिटल र बी एन्ड सी हस्पिटलमा उपचार भइरहेको उनले बताए। दुर्घटनामा काठमाडौँमा जारी शिक्षक आन्दोलनबाट घर फर्किरहेका १६ जना शिक्षक घाइते भएको घाइतेमध्येका शिक्षक लीलाप्रसाद भण्डारीले जानकारी दिए। जसमध्ये शिक्षक गोपाल खतिवडाको अवस्था चिन्ताजनक छ।
“म ड्राइभरको सिट पछाडि नै थिएँ”, घाइते शिक्षक भण्डारीले भने, “अघिदेखि नै गाडी अस्वाभाविक रूपमा हल्लिरहेको थियो। एक्कासि गाडी सडकबाट पल्टियो। मुस्किलले बाँचियो। गाडीबाट इन्धन पोखिरहेको देखेपछि घाइते अवस्थामै मैले अरू घाइतेलाई गाडीबाट छिटोछिटो उद्धार गरेर बाहिर निकालेँ।”
बस अनियन्त्रित भई दुर्घटना भएको र बसका चालक शिवसताक्षी नगरपालिका ८ झिलझिले बस्ने ३८ वर्षीय महेन्द्र कन्दङ्वालाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक केसीले जानकारी दिए। घटनालगत्तै झिलझिले इलाका प्रहरी कार्यालय टोली घटनास्थलमा पुगेको उनले बताए। घाइतेहरुको नामावली यस प्रकार रहेको छ ।
बीएण्डसी अस्पताल बिर्तामोडमा उपचारार्थ घाइतेहरू
१,जिल्ला झापा मेचीनगर नगरपालिका –१ बस्ने बर्ष– ५५ का टेकचन्द्र फुयाँल अबस्था सामान्य ।
२, जिल्ला दोलखा गौरीशंकर नगरपालिका ४ बस्ने बर्ष– ५२ का शान्तिप्रसाद उप्रेती सामान्य ।
३, जिल्ला इलाम सन्दकपुर गाउँपालिका – ५ बस्ने बर्ष ४६ का गोपाल खतिवडा सामान्य ।
४,जिल्ला झापा मेचीनगर नगरपालिका १४ बस्ने बर्ष– ५२ का सिकेन्द्र ढकाल टाउकोमा चोट अबस्था सामान्य ।
५,जिल्ला झापा अर्जुनधारा नपा १० बस्ने बर्ष ४० का लोकनाथ ढकाल टाउकोमा चोट सामान्य
६, जिल्ला पाँचथर फाल्गुनन्द गापा ७ बस्ने बर्ष ४५ का सिताराम अधिकारी टाउकोमा चोट सामान्य ।
७, जिल्ला कालिकोट रास्कोट नपा४ बस्ने बर्ष ३६ को पूर्णनाथ योगी टाउकोमा चोट सामान्य ।
८, जिल्ला झापा कचनकवल गापा ३ बस्ने बर्ष २० का श्याम तामाङ टाउकोमा चोट सामान्य।
९, जिल्ला झापा मेचीनगर नगरपालिका १ बस्ने बर्ष ३९ का अनिल बि।क। हात खुट्टामा चोट सामान्य ।
बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचारार्थ घाइतेहरूः–
१,जिल्ला झापा भद्रपुर नगरपालिका ५ बस्ने बर्ष– ३७ का भोला पन्थी सामान्य ।
२, जिल्ला इलामा फाकफोथुम गाउँपालिका ३ बस्ने बर्ष– ३५ का सन्तोष आचार्य सामान्य
३, जिल्ला झापा बिर्तामोड नगरपालिका – ६ बस्ने बर्ष– ४३ की शान्तिमाया राई सामान्य ।
४, मेचीनगर नगरपालिका – ९ बस्ने बर्ष– ४६ का ईश्वरप्रसाद भण्डारी सामान्य।
५, ऐऐ १३ बस्ने बर्ष ३२ की सृजना प्रसाई सामान्य ।
६,ऐऐ बस्ने बर्ष– ५२ की सिता मगर सामान्य ।
७, ऐऐ १३ बस्ने बर्ष– ५० को सिताराम रिमाल सामान्य ।
८, ऐऐ ४ बस्ने बर्ष– ५५ को मिनबहादुर पौडेल सामान्य ।
९,जिल्ला पाँचथर आङसराङ बस्ने बर्ष– २८ का दिपक सुब्बा
१०,जिल्ला झापा मेचीनगर नगरपालिका –८ बस्ने बर्ष– ४२ का पदम प्रसाद पौडेल सामान्य ।
११,कनकाई नगरपालिका –३ बस्ने बर्ष– २४का राजन चिमरिया सामान्य ।
१२, जिल्ला रौतहट राजपुत नगरपालिका ५ बस्ने बर्ष– २५ का बिक्रमकुमार दास सामान्य