
दमक १२ बैशाख, दमक –४, ओम–देवका खनाल मार्गमा शनिवार देखि स्मार्ट नेपाल यूपिभिसी एण्ड ईन्टरियर्स प्रा.लि. सञ्चालनमा आएको छ । ४ जनाको करिव ४ करोड लगानीमा सञ्चालनमा आएको प्रा.लि.को दमक नगरपालिकाका रोमनाथ ओलीले उद्घाटन् गरेका छन । घर तथा अफिस कार्यालय निर्माणकालागि अन्तराष्ट्रिय समाग्रीहरु स्थानीय स्तरमानै सहजरुपमा उपलब्ध गराउने उदेश्यले स्मार्ट नेपाल यूपिभिसी एण्ड ईन्टरियर्स को धारणा ल्याईएको प्रालिका अध्यक्ष राजेन्द्र प्र.रिजालले जानकारी दिए । उद्योगी व्यावसायी राजेन्द्र प्रसाद रिजाल, ऋषिकेश खनाल, दिपेन्द्र अधिकारी, प्रदिप खनालको संयुक्त करिव साढे ४ करोड लगानीमा यूपिभिसी एण्ड ईन्टरियर्स प्रालि. सञ्चालनमा ल्याईएको हो । युपिभिसीका उत्पादन बातावरण मैत्री रहेकोले यसले बन जंगल संरक्षणमापनि सहयोग पुग्ने दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीको भनाई रहेको छ । सो अवसरमा पछिल्लो समय घर निर्माणकालागि भित्रिएका नयाँ नयाँ प्रबिधिले बतावरण संरक्षणकासाथै भवन निर्माणमा समेत लागतका हिसावले पनि सस्तो हुने दमक उद्योग बाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठले बताए । २५ बर्ष सम्म टिक्ने, घाम पानीले नविग्रने, काठका सामग्रि भन्दा आधा सस्तोहुनका साथै आगलागिको जोखिमपनि कम रहेको र बच्चा तथा वुढापाकाले सजिलै प्रयोग गर्न सकिने कम्पनीका सञ्चालक ऋषिकेश खनालको भनाई रहेको छ ।