
दमक ११ बेशाख, दमक १ निवासी संगीता सेरेङ -इक्सा_को अध्यक्षतामा नेकपा माओवादी केन्द्र सम्बद्ध अखिल नेपाल महिला संघ ९क्रान्तिकारी ० दमक नगर कमिटी गठन भएको छ ।
माओवादी नेतृ धर्मशीला चापागाइँको प्रमुख आतिथ्यतामा शुक्रवार पार्टी कार्यालय वालुवाटारमा सम्पन्न नगर स्तरिय भेलाले सेरेङको अध्यक्षतामा ३१ सदस्यीय नगर कमिटी गठन गरिएको हो ।
कमिटीका सदस्यहरुमा तारा राई ,एलिसा बर्देवा , पुष्पा लिम्बू , समिरा पोख्रेल , सुस्मा अधिकारी , शान्ति धिमाल ,कल्पना तामाङ घिमिरे , हिमा श्रेष्ठ , देवी आङदेम्वे, सरस्वती नेपाल ,बिष्णु धिमाल ,।अनिमा तामाङ , बिन्दु सिटौला लक्की गोमा ढकाल , तारा राई, छमिला तामाङ , मिरा गौतम ,ससिकला बन्जरा रहेकी छन् । त्यस्तै , सानू बस्नेत ,बिमला बिक, रुपमणी राई, सरु कार्की , कमला राई, बन्दना लिम , लिला राय, कुमारी धिमाल ,बिनिता फुयाल , सपना कालिकोटे र अनिता मल्लिक सदस्य चुनिएकी सो पार्टी जनाएको छ ।
नेकपाबाट माओवादी केन्द्र र नेकपा एमाले अलग अलग भएपछि ती पार्टीहरुले आफना जनवर्गीय संगठनहरुको समेत पुर्नगठन गरिआएका छन् ।