ईलाममा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु

ईलाम, बैशाख ११, ईलाम सुर्योदय नगरपालिका ५ गोरख का २२ बर्षीय मुस्कान प्रधानको आफैले चलाएको मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुँदा मृत्यु भएको छ । शुक्रबार बेलुका ५ बजे ईलामको भन्ज्याङबाट गोरख तर्फ जादै गरेको मे३प ९६२० नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा गम्भिर घाईते भएका चालक प्रधानको उपचारको लागी फिक्कल अस्पताल पुर्याउन साथ मृत्यु भएको ईलाका प्रहरी कार्यालय पशुपतीनगरले जनाएको छ

Leave a Reply

Your email address will not be published.