झापामा ट्रकको ठक्करबाट एक जनाको मृत्यु

झापा, बैशाख ८ झापा मेचिनगर नगरपालिका १३ चारआली चौकस्थित पूर्व पश्चिम राजमार्गमा ट्रकको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ । हिजो बेलुका साढे ७ बजे पश्चिमतर्फ जाँदै गरेको को २८ प ८८९१ नम्बरको मोटरसाईकललाई बिपरित दिशाबाट आउदै गरेको मे १ ख ८११ नम्बरको ट्रकले ठक्कर दिई दुर्घट्ना भएको थियो । सो दुर्घटनाबाट मोटरसाईकल चालक मोरङ पथरी शनिश्चरे नगरपालिका ९ का २१ बर्षीय प्रवेश बयलकोटी घाईते भई उपचारको लागि वि एण्ड सी अस्पताल बिर्तामोडमा मृत्यु भएको छ । सो मोटरसाईकलको पछाडी सवार सोही स्थानका २२ बर्षीय सागर लिम्बु पनि सामान्य घाईते भई मनकामना अस्पताल चारआलीमा उपचार भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । ट्रक र चालक झापा अर्जुनधारा २ का ५६ बर्षीय सुमन दनुवार प्रहरीको नियन्त्रणमा रहेको सो कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.