यो बतास पनि लाग्दैन अचेल बतासजस्तो
थाहै नदिई स्पर्श गरेर जान्छ बदमासजस्तो
तिमी समुन्द्र हौ,समुन्द्रकै विशेषता होस् लाग्छ
चन्चल हुनु हुदैन तिमीले खहरेको प्यासजस्तो
मान्छेले मान्छेकै स्वभावमा रहेको राम्रो हुन्छ
नबिर्सिनू,गेडामै हुन्छ शक्ति खलाको रासजस्तो
संसार झन् बुझ्यो झन् झन् बुझ्नै नसकिने रहेछ
माइला बाका खेत छेउमा फैलिएको भासजस्तो
यो टुकिको उज्यालो,उज्यालो हो लाग्दैन अचेल
उज्यालो त होस् उ।।त्यो सूर्यको प्रकाशजस्तो
तिला लेकाली बेलबारी,मोरङ