ट्रकको ठक्करबाट झापामा साईकल यात्रीको मृत्यु

झापा, बैशाख(६ गते । झापा मेचीनगर नगरपालिका ७ स्थित पुर्व पश्चिम राजमार्ग ट्रकको ठक्करबाट साईकल यात्रीको मृत्यु भएको छ । आज बिहान साढे ९ बजे पुर्व जादै गरेको डब्लु बि ७३ बी ३३२४ नम्बरको ईन्डियन ट्रकले साईकललाई ठक्कर दिँदा साईकल यात्री मेचीनगर नगरपालिका ८ जोर सिमल का ३० बर्षीय मनोज मेचे गम्भिर घाईते भएका उनको बि एण्ड सी अस्पतालमा उपचारको क्रममा बिहान सँवा १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । ट्रक नियन्त्रणमा रहेको र चालक फरार रहेकोले खोजतालस भईरहेको सो कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.