दमकमा विनायक ट्रेडर्स सञ्चालनमा

दमक, ५ बैशाख । विद्युतीय सामाग्रीको थोक तथा खुद्रा कारोवार गर्ने उद्देश्यले दमकमा सोमबारदेखि दमक चौंकमा विनायक ट्रेडर्स सञ्चालनमा आएको छ ।
युवा व्यवसायी भुवन भट्टराईले स्थानीय युवा व्यवसायी दयासागर आचार्यसंगको सहकार्यमा दमक ५ स्थित गोरखा डिपार्टमेन्ट स्टोर पूर्व विद्युतीय सामग्रीको खुद्रा तथा होलसेल पसल सञ्चालनमा ल्याएका हुन् । आचार्यसम्मलित उक्त व्यवसायिक गृह उनको दोश्रो हो । यसअघि उनले दमक ६ स्थित देवकोटा चौंकमा पनि विद्युतीय सामाग्रीको पसल सञ्चालन गरिआएका छन् ।
उक्त व्यवसायिक गृहको एक कार्यक्रमका वीच दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठले उद्घाटन गरे । उद्घाटनका क्रममा बोल्दै उनले पछिल्लो समय दमकमा व्यापारिक क्षेत्रमा युवाहरुको बढ्दो आकर्षण बन्दै जानु अत्यन्तै सकरात्मक भएको औल्याए ।
सो अवसरमा दमक उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गोपाल गुरागाईं, प्रथम उपाध्यक्ष राजु खड्का, लायन्सकर्मी ज्ञानु पौडेल, सहकारीकर्मी थरेन्द्र राज पौडेल, उद्योगी थरिन्द्र घिमिरे, संघका सदस्यहरु, व्यवसायी सुमन पौडेल लगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published.