रेडक्रस कमलद्धारा बैशाख ५ मा आखाँ शिविर

दमक,४ बैशाख । नेपाल रेडक्रस सोसाईटी कमल उपशाखाले आफनो बार्षिक कार्यक्रम अन्तर्गत भोलि आफनै भवनमा निशुल्क आखाँ शिविर गर्ने भएको छ ।
रेडक्रसले विर्तामोडस्थित मेची आखाँ अस्पतालको प्राविधिक सहयोगमा भोलि बैशाख ५ गते मंगलवारका दिन विहान ८ वजेदेखि कमल ५ मंगलवारेमा रहेको रेडक्रसको आफनै भवनमा निशुल्क आखाँ शिविर सञ्चालन गर्ने भएको सभापति चन्द्र साहले जनाएका छन् । आखाँ शिविरको सम्पूर्ण तयारी पूरा भएको उनले बताए ।
सभापति साहले आखाँ शिविरमा मेची आखाँ अस्पतालका विशेषज्ञ चिकित्सकहरुले सेवा पुरयाँउने बताए ।

शिविरमा आँखा जाँचसहित औषधी ,चश्मा समेत निशुल्क वितरण गरिने उनले बताए । त्यस्तै, आखाँ परीक्षणका क्रममा शल्यक्रिया गर्नुपर्ने किसिमका विरामीको समेत सहुलियत रुपले शल्यक्रिया लगायतका थप उपचार गरिने उपशाखा सचिव पारषमणि राईले बताए । शिविरमा आखाँ जाचका लागि पूर्जावापत रु २० राखिने निर्णय भएको जनाईएको छ ।

Leave a Reply

Your email address will not be published.