सिक्किमबाट घुम्न आएका युवकको लडेर निधन

फिदिम,३ बैशाख । छिमेकी भारतको सिक्किमदेखि पाँचथर घुम्न आएका एक जना युवकको भीरबाट लडेर निधन भएको छ । यसरी ज्यान गुमाउनेमा ३५ वर्षीय केशव गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
सीमावर्ती चिवाभञ्ज्याङ हुँदै याङ्वरक गाउँपालिका –१ च्याङथापु बजारमा आफन्तलाई भेट्न आउँदै गर्दा उनी शनिबार राति साढे ८ बजे मेवा खोला भीरबाट लड्ेका थिए ।
उहाँको शव आइतबार बिहान खोलामा डुबेको अवस्थामा भेटिएको प्रहरीको भनाइ छ ।
गुरुङसहित पाँच जना युवा सिक्किमबाट रातको समय हिँड्दै नेपाल भारत सिमाना चिवाभञ्ज्याङ च्याङ्थापु बजार तर्फ आउने क्रममा गर्दा उक्त घटना भएको बताइएको छ । घटनाबारे जानकारी पाउनासाथ सदरमुकाम फिदिमबाट प्रहरी टोली घटनास्थल पठाइएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख हरि खतिवडाले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published.