सिरुवामा मोटरसाइकल ¥याली ,पत्रिका बिमोचन

गौरीगञ्ज,१ बैशाख । पूर्वी तराईका आदिवासीहरुले महत्वसाथ मनाउने गरेको सिरुवा पावनी तथा नयाँ बर्षको अवसर पारेर शुक्रवार झापाको गौरीगञ्जमा शुभकामना आदानप्रदान,मोटरसाइकल रयालीसहित राजवंशी भाषिक पत्रिका बिमोचन गरिएको छ ।
राजवंशी समाज विकास समितिले गौरीगञ्ज ४ स्थित नयाँ बजारमा सिरुवा विशेष कार्यक्रम गरि एकैसाथ शुभकामना आदानप्रदान, मोटरसाइकल रयाली तथा पत्रिकाको नमुना अंक सार्वजनिक गरिएको हो । औपचारिक कार्यक्रमका वक्ताहरुले सिरुवा पर्वको महत्व र यसका विशेषताहरुको बिषयमा चर्चा गरेका थिए ।
गौरीगञ्ज गाउँपालिकाकी अध्यक्ष फुलवती राजवंशीको प्रमुख आतिथ्यता तथा रासबिस गौरीगञ्जका अध्यक्ष गोपाल राजवंशीको अध्यक्षतामा भएको कार्यक्रममा गौरीगञ्ज वडा नं ३ का वडाध्यक्ष श्रवण गिरी, ४ का वडाध्यक्ष फेका गिरी, कार्यपालिका सदस्य अघ्नु प्रसाद राजवंशी, आदिवासी जनजाति महासंघ गौरीगञ्जका अध्यक्ष तथा गौरीगञ्ज ३ का वडा सदस्य गंगा राजवंशी, रासविसका सल्लहकार पर्वत राजवंशी, ताजपुरिया समाज कल्याण परिषदका कामदेव ताजपुरिया, यादव सेवा समिति सदस्य पञ्चानन्द यादव, सामाजिक तथा राजनीतिक व्यक्तित्वद्धय बिध्यानन्द राजवंशी, दिनेश्वर राजवंशी लगायतले शुभकामना राखेका थिए । कार्यक्रममा परम्परागत भेषभुषामा सज्जिएर हर्षोल्लासपूर्वक मनोरञ्जनात्मक कार्यक्रमहरुमा सहभागिता जनाएका थिए ।
औपचारिक कार्यक्रमको समापनपछि सिरुवा पर्वको महत्व दर्शाउँदै आपसमा शुभकामना साटासाट र एकताको सन्देश दिन पालिकाका विभिन्न ठाउँमा सो रयाली पुरयाँइएको आयोजक समितिका अध्यक्ष गोपाल राजवंशीले जानकारी दिए ।
कोचिला सामाद त्रैमासिक पत्रिका बिमोचन
पाँच बर्ष अघिदेखि सञ्चालनमा रहेको गौरीगञ्ज मिडिया प्रालिले सिरुवा पावनी तथा नयाँ बर्ष २०८० को अवसर पारेर राजवंशी भाषाको समाचारमुलक रंगिन पत्रिका प्रकाशन शुरु गरेको छ । सिरुवा पावनी विशेष सो कार्यक्रममा राजवंशी भाषामा प्रकाशित कोचिला सामाद त्रैमासिक पत्रिकाको नमुना अंक विमोचन गरिएको छ ।
कार्यक्रमकी प्रमुख अतिथी गाउँपालिका अध्यक्ष फूलवती राजवंशी, वडा नं ३ का वडाध्यक्ष श्रवण गिरी, नेपाल पत्रकार महासंघ झापा शाखाका सचिव डिकेश लामा लगायतले सामूहिक रुपमा सो पत्रिकाको विमोचन गरेका हुन् । करिब दुई दशकदेखि पत्रकारितामा क्रियाशील गौरीगञ्जका स्थायीबासिन्दा पत्रकार आत्माराम राजवंशी अध्यक्ष रहेको गौरीगञ्ज मिडियाद्धारा प्रकाशित सो पत्रिकाको सम्पादक दमयन्ती राजवंशी रहेकी छन ।
पत्रकार महासंघ झापा शाखाका सचिव लामाले मातृभाषामा पत्रपत्रिका प्रकाशन हुनु सुखद बिषय भएको बताउँदै यसले समावेशी लोकतन्त्रलाई बलियो बनाउने विश्वास व्यक्त गरे । कोचिला सामादको १ वैशाखमा प्रकाशित नमुना अंक हो । पत्रिकाले आगाी अंकदेखि त्रैमासिक रुपमा गतिविधिमूलक पत्रिका प्रकाशित हुने सम्पादक आत्माराम राजवंशीले बताए ।

Leave a Reply

Your email address will not be published.