तनहुँ–१ की राप्रपा उम्मेदवार गुरुङ ‘चेक बाउन्स’मा दोषी ठहर

झापा,२९ चैत । आगामी बैशाख १० मा हुन लागेको उप–चुनावमा तनहुँ– १ की राप्रपा उम्मेदवार शोभा गुरुङ चेक बाउन्स मुद्दामा दोषी ठहर भएकी छन् ।उच्च अदालत पाटनले आइतबार गुरुङलाई चेक बाउन्स (खातामा पर्याप्त रकम नभई चेक काटेको) मुद्दामा दोषी ठहर गर्दै ३ दिन कैद सजाय सुनाएको हो ।
जाहेरीकर्ता लक्ष्मीकुमारी लिम्बूको मुद्दामा न्यायाधीशहरू ऋषिराम दवाडी र राजेन्द्र खरेलको इजलासले उनलाई दोषी ठहर गर्दै १० लाख रुपैयाँ विगो कायम गरी जाहेरीकर्तालाई भराउने आदेश दिएको छ ।
त्यसैगरी उच्च अदालतले विगो बराबरको जरिवाना र जरिवानाको ४ प्रतिशतले हुन आउने ४० हजार रुपैयाँ क्षतिपूर्ति तिराउन समेत आदेश दिएको छ ।उम्मेदवारको अन्तिम नामावाली प्रकाशन भइसकेपछि आएको अदालतको फैसलापछि गुरुङको उम्मेदवारी के हुने हो ? भन्ने बारेमा निर्वाचन आयोगले कुनै निर्णय गरेको छैन् । यो फैसलाविरुद्ध गुरुङ पुनरावेदनका लागि सर्वाेच्च अदालत जाने बाटो भने उच्च अदालतले खुल्लै राखेको छ ।

Leave a Reply

Your email address will not be published.