विश्व होमियोप्याथिक दिवस र डा.हैनिमेन

-डा.लेखनाथ न्यौपाने
विश्वमा विभिन्न चिकित्सा विधा प्रयोगमा आएका मध्ये पछिल्लो समयमा सबैजसो देशमा अपनाइएको होमियोप्याथिक चिकित्सा निक्कै सफल र सहज पँहुच बनेको छ । सबै उमेर समूहले सहजै सेवन गर्न सक्ने र कम खर्चिलो यो चिकित्सा हाल नेपालमा पनि वढदै गएको छ । आज अप्रिल १० तारिख अथवा चैत्र २७ गते उनै महान चिकित्सक डा. सेमुयल हैनिमेनको जन्मदिन हो । उनको योगदान र सर्मपण कागतमा लेखेर सकिदैन तर पनि केहि शव्दहरुले सम्झिने प्रयत्न गरेको छु ।
होमियोप्याथिक उपचार पद्धतिको विकास गर्ने या यस सिद्धानतका जन्मदाता विख्यात एलोप्याथिक डाक्टर सेमुयल क्रिस्चियन फेड्रिक हेनिमैन हुन् । उनी जर्मन राजपरिवारका चिकित्सक थिए । उनैले हालको सबैभन्दा धेरै उपयोगमा आउने चिकित्सा विज्ञानको नाम एलोयाप्थिक दिएका हुन् । पटक पटक एउटै रोग बल्झिरहने कारणबाट उनी विक्षिप्त भए । एलोप्याथिक चिकित्सा छाडेर नयाँ खोजको क्रममा यो विज्ञानको आविस्कार गरेका हुन् ।

एउटा पुरानो पुस्तक(कुलैन मेटेरिया मेडिका)मा लेखिएको ‘समानले समानको उपचार सम्भव छ’ भन्ने सिद्धान्त पाए । यस कुराको पुष्टि गर्न उसै पुस्तकमा लेखिएको सिन्कोना वार्कको बोक्राको रस सर्व प्रथम आफैमा परीक्षण गरेर सुरु गरेका थिए । सिन्कोना बार्क भन्ने रुखको बोक्राको सुक्ष्म रसको सेवनबाट औलोको जस्तो कामज्वरो आउछ र त्यसैको अति सुक्ष्म मात्राको सेवनबाट उक्त ज्वरो निको हुन्छ भन्ने कुरा पनि उक्त पुस्तकमा लेखिएको थियो ।

सन १७९६ मा होमियोप्याथिकको जन्म भएको हो । र यही सिद्धान्तलाई सदुपयोग गर्दै आज विभिन्न प्रकारका खोपहरुको विकास भएको हो । विडम्बना नै भन्नु पर्छ यस्तो मानव उपयोगी चिकित्सा विज्ञानको नेपालमा एउटा पनि मेडिकल कलेज छैन भने एक मात्र राजा त्रिभुवनबाट स्थापना गरिएको होमियोप्याथिक अस्पताल जुन आफै विरामी अवस्थामा रहन वाँध्य पारिएको छ । हालै मात्र प्रदेश सरकारले केहि जिल्लामा होमियोप्याथिक चिकित्सकको दरबन्दी स्थापना गरेर थोरै भए पनि विकासमा अग्रसरता देखाएको छ । छिमेकी देश भारतमा १४५ भन्दा वढी होमियोप्याथिक मेडिकल कलेज सञ्चालनमा छन् । र, १ लाखको हाराहारीमा सरकारी होमियोप्याथिक डाक्टर कार्यरत छन् । हालमात्र नेपाल सरकारले होमियोप्याथिक चिकित्सालाई स्थान दिन लागेको छ ।

…………………………………………………………………………………………………………

परीक्षणमा यो र अन्य धेरै औषधीय स्रोत भएका वस्तुको परीक्षण आफैमा र साथीहरुमा गरियो । सिद्धान्त अनुसार सबै त्यसै हुँदै गयो । यो प्रकृयालाई प्रुभिङ भनियो । निरोगी व्याक्तिमा औषधी युक्त वस्तुको सुक्ष्म मात्रामा प्रुभिङ गर्दा देखिएका लक्षण र चिन्हका आधारमा औषधी तयार गर्न थालियो । यसरी आजसम्म पनि स्वास्थ मानिसमा औषधीको परीक्षण(प्रुभिङ) गर्ने एकमात्र होमियोप्याथिक उपचार पद्धतिको विकास भएको हो ।

यसरी सन १७९६ मा होमियोप्याथिकको जन्म भएको हो । र यही सिद्धान्तलाई सदुपयोग गर्दै आज विभिन्न प्रकारका खोपहरुको विकास भएको हो । विडम्बना नै भन्नु पर्छ यस्तो मानव उपयोगी चिकित्सा विज्ञानको नेपालमा एउटा पनि मेडिकल कलेज छैन भने एक मात्र राजा त्रिभुवनबाट स्थापना गरिएको होमियोप्याथिक अस्पताल जुन आफै विरामी अवस्थामा रहन वाँध्य पारिएको छ । हालै मात्र प्रदेश सरकारले केहि जिल्लामा होमियोप्याथिक चिकित्सकको दरबन्दी स्थापना गरेर थोरै भए पनि विकासमा अग्रसरता देखाएको छ । छिमेकी देश भारतमा १४५ भन्दा वढी होमियोप्याथिक मेडिकल कलेज सञ्चालनमा छन् । र, १ लाखको हाराहारीमा सरकारी होमियोप्याथिक डाक्टर कार्यरत छन् । हालमात्र नेपाल सरकारले होमियोप्याथिक चिकित्सालाई स्थान दिन लागेको छ । यो स्वागत योग्य छ ।र आजको यो भयावह अवस्थामा धेरै प्रकारका रोगहरुको विना अप्रेसन औषधीबाटै उपचार सम्भव भएको र विभिन्न संक्रामक रोगहरुबाट बच्न र बचाउन पनि यो चिकित्सा सफल भएको बिगतका अनुभवले देखाएको छ । त्यसैले पनि नेपाल सरकारलाई यस्तो मानव उपयोगी उपचार पद्धतीलाई फैलाएर लैजान जोडदार माग गर्दछु ।

                                                                                                 (लेखक, रीता होमियो क्लिनिक सेन्टर दमकका सञ्चालक हुन् । )

Leave a Reply

Your email address will not be published.