देशलाई ठुला पार्टीले बन्धक बनाए : राप्रपा अध्यक्ष लिङ्देन

दमक,२७ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले देशलाई ठुला पार्टीले बन्धक बनाएकाले अव जनताले त्यसलाई तोड्ने विचार व्यक्त गरेका छन् ।
पार्टीले शनिवार दमकमा आयोजना गरेको प्रदेशस्तरिय आमसभालाई सम्बोधन गर्दे उनले नेपाली कांग्रेस,नेकपा एमाले, माओवादी केन्द्र लगायतका दलले मिलीजुली देशलाई बन्धक बनाएर लुटेको आरोप लगाए ।
बिकास र समृद्धिको नाममा देशमा भ्रष्टचार मौलाएको भन्दै अव जनताले त्यस्ता दललाई पाखा लगाउने उनको ठोकुवा गरे ।
झापा क्षेत्र नम्बर ३ का संघीय सांसद समेत रहेका अध्यक्ष लिङ्देनले देश आर्थिक रुपमा टाट पल्टाउनेहरुसंग अब राप्रपाले हिसाब किताब खोज्ने पनि उल्लेख गरे । उनले भने , –‘देशमा रहेको विकृति , विसंगति र भ्रष्टाचार बिरुद्ध देशभरिबाट राप्रपा जगिसकेको अवस्थामा सम्पूर्ण नेपालीलाई राप्रपामा एकीकृत हुन आव्हवान गर्दछु ।’
सो अवसरमा उनले विभिन्न पार्टी परित्याग गरि राप्रपामा प्रवेश गर्नेलाई पार्टीको साधारण सदस्यता दिएका थिए । सयौको संख्यामा सहभागि उक्त चुनावी सभालाई पार्टीका नेताहरु ज्ञानेन्द्र शाही , रेखा थापा , भक्ति सिटौला लगायतले सम्बोधन गरेका थिए ।

Leave a Reply

Your email address will not be published.